जापानमा कार्यरत एक नेपाली युवाको उपचारका क्रममा मृत्यु भएको छ । ८ महिना अगाडी जापान पुगेका झापा शनिश्चरेका खेमराज डाँगीको सनिवार राति जापानको ओमोरोस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
आफ्नै कम्पनीले आयोजना गरेको पार्टीमा सहभागी बनेका उनी अचानक बेहोस भएपछि अस्पताल पु¥याइएको थियो । उनलाई उपचारकै क्रममा मृत घोषणा गरिएको थियो । डाँगी जापानको कामतास्थित तामागोया नामक बेन्तो कम्पनीको राइस सेन्टर सेक्सनमा कामगर्दै आएका थिए ।
डाँगीको परिवारमा श्रीमती र ७ वर्षीय छोरा रहेका छन् ।
यसैबीच डाँगीको अन्त्येष्टि र परिवारको सहयोगका लागि जापानबासी नेपालीबीच अनुरोध गरिएको छ । डाँगीका परिवारका तर्फबाट राज कुमार कुँवरले अपिल गरेका हुन् ।
वि.सं.२०७४ वैशाख ३ आइतवार १०:१८ मा प्रकाशित