Logo
१० आश्विन २०८०, बुधबार
     Wed Sep 27 2023
E-paper
  English Edition
   Unicode
Logo

सूर्य नेपालीद्वारा ‘सफा हिमाल कार्यक्रम २०२३’ मा संलग्नलाई सम्मान



काठमाडौं । नेपाली सेनाको नेतृत्वमा हालै सम्पन्न भएको ‘सफा हिमाल अभियान’ मा संलग्न नेपाली सेनाका सदस्य, शेर्पालगायतलाई सूर्य नेपाल प्रालिले सम्मान गरेको छ ।

गत चैत्रमा शुरु भई यसै महिना सम्पन्न भएको यस वर्षको सफा हिमाल अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालको सफाइ कार्य भएको थियो । सूर्य नेपाल प्रालि, विभिन्न हिमालहरूबाट ३५ टन फोहोर संकलन गरिएको यस कार्यक्रमको अरु विभिन्न संस्थाहरूसँगै एउटा मुख्य साझेदार संस्था हो ।

बिहीबार, एक सम्मान कार्यक्रम आयोजना गरी सूर्य नेपालले सफा हिमाल अभियानमा प्रत्यक्ष योगदान पु¥याउने ५२ जनालाइ विशेष सम्मान गरेको छ । कार्यक्रममा सूर्य नेपालले सफा हिमाल अभियानमा संलग्न हुँदा दिवंगत भएका दुईजना शेर्पा सहयोगीका परिवारलाइ एक/एक लाख नगद राशीसहित सम्मान गरेको छ । कार्यक्रममा सफा हिमाल अभियानमा निधन भएका २ शेर्पा सहयोगीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो भने सफा हिमाल अभियानको क्रममा घाइते भई उपचाररत नेपाली सेनाका ४ जना अधिकृत र जवानको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो ।

उक्त सम्मान कार्यक्रमको प्रमुख अतिथि रहेका नेपाली सेनाका बलाधिकृत रथी सरोज प्रताप राणाले सफा हिमाल अभियानमा निजी क्षेत्रबाट एउटा मुख्य योगदानकर्ताको रूपमा सहयोग पु¥याएकोमा सूर्य नेपाललाई धन्यावाद दिएका थिए । कार्यक्रममा सूर्य नेपालका प्रबन्ध निर्देशक रवि कुमार रायावारमले नेपालको पहिचानका रूपमा रहेको सर्वोच्च शिखर सगरमाथा लगायतका हिमाल सफा गर्नेजस्तो महत्वपूर्ण कार्यक्रममा कम्पनीको व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाली सेनासँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।

त्यसैगरी, कार्यक्रममा सूर्य नेपालका भाइस प्रेसिडेन्ट रवि केसीले सूर्य नेपालले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्यलाइ अत्यन्तै महत्व दिने गरेको र सफा हिमाल अभियानमा गरिएको सहयोग पनि त्यसैको निरन्तरता भएको बताएका थिए ।


-->

काठमाडौं । एनएमबि बैंकले स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । बैंकले ‘अब

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले ‘सेन्ड मनी फर फ्री’ अफर सार्वजनिक गरेको छ ।

काठमाडौं । स्वास्थ्यकर्मीमाथि विरामीका आफन्त तथा परिवारबाट आक्रमणको सिलसिला बढेपछि गृहमन्त्रालयले सर्वसाधारणले देख्ने गरी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत भएको छ ।