back
CTIZAN AD

सूर्य नेपालीद्वारा ‘सफा हिमाल कार्यक्रम २०२३’ मा संलग्नलाई सम्मान

वि.सं.२०८० जेठ २७ शनिवार

660 

shares

काठमाडौं । नेपाली सेनाको नेतृत्वमा हालै सम्पन्न भएको ‘सफा हिमाल अभियान’ मा संलग्न नेपाली सेनाका सदस्य, शेर्पालगायतलाई सूर्य नेपाल प्रालिले सम्मान गरेको छ ।

गत चैत्रमा शुरु भई यसै महिना सम्पन्न भएको यस वर्षको सफा हिमाल अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालको सफाइ कार्य भएको थियो । सूर्य नेपाल प्रालि, विभिन्न हिमालहरूबाट ३५ टन फोहोर संकलन गरिएको यस कार्यक्रमको अरु विभिन्न संस्थाहरूसँगै एउटा मुख्य साझेदार संस्था हो ।

बिहीबार, एक सम्मान कार्यक्रम आयोजना गरी सूर्य नेपालले सफा हिमाल अभियानमा प्रत्यक्ष योगदान पु¥याउने ५२ जनालाइ विशेष सम्मान गरेको छ । कार्यक्रममा सूर्य नेपालले सफा हिमाल अभियानमा संलग्न हुँदा दिवंगत भएका दुईजना शेर्पा सहयोगीका परिवारलाइ एक/एक लाख नगद राशीसहित सम्मान गरेको छ । कार्यक्रममा सफा हिमाल अभियानमा निधन भएका २ शेर्पा सहयोगीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो भने सफा हिमाल अभियानको क्रममा घाइते भई उपचाररत नेपाली सेनाका ४ जना अधिकृत र जवानको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो ।

उक्त सम्मान कार्यक्रमको प्रमुख अतिथि रहेका नेपाली सेनाका बलाधिकृत रथी सरोज प्रताप राणाले सफा हिमाल अभियानमा निजी क्षेत्रबाट एउटा मुख्य योगदानकर्ताको रूपमा सहयोग पु¥याएकोमा सूर्य नेपाललाई धन्यावाद दिएका थिए । कार्यक्रममा सूर्य नेपालका प्रबन्ध निर्देशक रवि कुमार रायावारमले नेपालको पहिचानका रूपमा रहेको सर्वोच्च शिखर सगरमाथा लगायतका हिमाल सफा गर्नेजस्तो महत्वपूर्ण कार्यक्रममा कम्पनीको व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाली सेनासँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।

त्यसैगरी, कार्यक्रममा सूर्य नेपालका भाइस प्रेसिडेन्ट रवि केसीले सूर्य नेपालले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्यलाइ अत्यन्तै महत्व दिने गरेको र सफा हिमाल अभियानमा गरिएको सहयोग पनि त्यसैको निरन्तरता भएको बताएका थिए ।

वि.सं.२०८० जेठ २७ शनिवार ०७:४६ मा प्रकाशित

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...