back
CTIZAN AD

नवलपुरमा साइलेज उद्योग सञ्चालनमा

वि.सं.२०८० जेठ ३० मंगलवार

711 

shares

नवलपुर । नवलपरासी बर्दघाट–सुस्तापूर्वको देवचुली नगरपालिकाले दूध र दुग्धजन्य पदार्थको उत्पादन लागत कम गर्न पशु आहार साइलेजको उत्पादन सुरु गरेको छ । नगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा हरियो घाँसलाई विशेष रुपमा पोषण तत्व कायमै रहने गरी तयार पारिने पशु आहार साइलेज को उत्पादन सुरु गरेको हो ।

नगरपालिकाले मुख्यमन्त्री नवप्रवद्र्धन कार्यक्रमसँगको साझेदारीमा रु दुई करोड ५० लाखको लागतमा उद्योग स्थापना गरी साइलेज उत्पादन सुरु गरेको नगरप्रमुख हरिप्रसाद न्यौपानेले बताए । उद्योग स्थापनाले नगरपालिकासहित वरपरका पशुपालक कृषक लाभान्वित हुने तथा पशुपालनमा किसानलाई आकर्षित गर्न सकिने नगरप्रमुख न्यौपानेले बताए । “उद्योग स्थापनाले हाल पशुपालन गरिरहेका कृषकलाई सबैभन्दा बढी लाभ हुन्छ”, उनले भने, “पशुपालन गर्न चाहने नयाँ कृषकलाई पनि सुविधा हुने हुँदा पशुपालनतर्फ आकर्षण बढाउन अपेक्षा गरेका छौँ ।”

पशुपालनमा लागत घटाउँदै किसानको आम्दानी बढाउन यो योजनाले सहयोग पुग्ने विश्वास रहेको नगरप्रमुख न्यौपानेको भनाइ छ । नगरपालिकाले उत्पादन गरेको पशु आहार पशुपालक कृषकलाई सहुलियत दरमा बिक्री गरिने नगरप्रमुख न्यौपानेले बताए। पछिल्लो समय कतिपय पशुपालक कृषक पलायन हुने अवस्थामा पुगेका जनाउँन्दै उनले भने , “पशुपालनमा उत्पादन लागत धेरै हुनु र आम्दानी कम हुने भएकाले कृषक पेसाबाट पलायन हुँदै गएका छन् ।”

देवचुलीमा साइलेज उद्योग स्थापनाले रोजगारीको सिर्जना गराएको नगर प्रवक्ता तिलप्रसाद काफ्लेले बताए । कृषकले बाँझो जमिनमा घाँस लगाएर उत्पादन भएको घाँस उद्योगलाई बेच्न सक्ने भएकाले उनीहरुको आर्थिक अवस्थामा सुधार पुग्ने काफ्लेले बताए । नगरपालिकाभित्रका पशुपालक कृषकलाई प्रोत्साहन गर्न नगरपालिकाले साइलेजको उत्पादन सुरु गरेको उनको भनाइ छ ।

कृषकहरुकै सहयोगमा दाना उत्पादन गर्ने र सहुलियत मूल्यमा दिने योजनाअनुसार नगरपालिकाले साइलेज उत्पादन सुरु गरेको उनले बताए । नगरपालिकाले साइलेज बनाउन यसअघि नगरभित्रका कृषकलाई मकै खेतीमा प्रोत्साहन गरेको थियो । मकै खेती गर्न कृषकलाई नगरपालिकाले बीउ, मल तथा सिँचाइका लागि अनुदानसमेत उपलब्ध गराएको नगरप्रवक्ता काफ्लेको भनाइ छ ।

कृषकले उत्पादन गरेको साइलेजका लागि आवश्यक पर्ने कच्चापदार्थ हरियो मकै नगरपालिकाले खरिद गर्ने उनले बताए । उद्योगमा ल्याएर आफैँले घाँस बेच्ने कृषकलाई प्रतिकिलो रु पाँचसम्म तथा नगरपालिकाको आफ्नै स्रोतसाधन प्रयोग गरेर उद्योगसम्म कच्चापदार्थ ल्याउने व्यवस्था गर्नुपरेमा प्रतिकिलो रु चारसम्म मूल्य दिनेगरी मापदण्ड तयार पारिएको नगर प्रवक्ता काफ्लेले बताए । उद्योगमा साइलेज उत्पादनपछि पशुपालक कृषकलाई सहुलियत मूल्यमा साइलेज प्रदान गरिने उनले बताए ।

नगरपालिकाले हाल उद्योगमा ४० देखि ५० किलोसम्मका साइलेज प्याकेज तयार पारिरहेको छ । यसलाई प्लास्टिकले बेरेर राखेको ६० दिनपछि पशुलाई दानाका रुपमा खुवाउन सकिने नगरपालिकाको पशु शाखा प्रमुख श्यामकृष्ण तिवारीले बताए । दुधेलो मकै र घाँसको ढोडलाई मेसिनमा पेलेर पोषणतत्व कायमै रहने गरी बनाइने साइलेज गाईवस्तुका लागि निकै लाभदायक पौष्टिक आहार भएको तिवारीले बताए ।

गाईभैँसीलाई साइलेज खुवाउँदा गुणस्तरीय दूध उत्पादनसँगै पशुचौपाया पनि स्वस्थ रहने भएकाले साइलेजको प्रयोग गर्न किसानलाई प्रोत्साहित गरिने तिवारीको भनाइ छ । सुक्खा याममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा पहिले नै तयार पारेर राखेको साइलेज पशु आहारका लागि अत्यन्त उपयुक्त हुने उनले बताए । महँगो मूल्यमा पराल किनेर खुवाउने बाध्यता रहेकामा किसानलाई अब उद्योग स्थापनापश्चात् राहत पुग्ने तिवारीको भनाइ छ ।

रा स स

वि.सं.२०८० जेठ ३० मंगलवार १५:०२ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ  । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण...

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

बागमती । हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका–१८ स्थित गोरक्षतालको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...