काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएका छन् । मुटुमा समस्या भएपछि पौडेल गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ ।
मंगलबार बिहान ११ बजे उनलाई महाराजगन्जस्थित गंगालाल अस्पतालमा लगिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
राष्ट्रपति कार्यालय र गंगालाल अस्पतालले पौडेलमा देखिएको समस्याबारे औपचारिक जानकारी भने दिएका छैनन्।
पौडेल छातिमा समस्या देखिएपछि वैशाख पहिलो साता मात्रै नयाँ दिल्लीस्थित एम्स अस्पताल गएर उपचार गरेका थिए । ११ दिनको उपचारपछि उनी वैशाख १७ मा स्वदेश फर्किएका थिए ।
वि.सं.२०८० जेठ ३० मंगलवार १४:५७ मा प्रकाशित






























