काठमाडौं । सरकारले मुख्य सचिवमा डा. बैकुण्ठ अर्याललाई नियुक्त गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले डा. अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको हो ।
मुख्य सचिवमा नियुक्त डा. अर्यालले यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायतमा सचिव सम्हालेका थिए ।
बैठकले मुख्यसचिव शङ्करदास वैरागीको राजीनामा स्वीकृत गरेको छ । सरकारले वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।
वि.सं.२०८० जेठ ३२ बिहीवार ११:०८ मा प्रकाशित






























