काठमाडौं । प्रहरीले चर्चित कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’सहित विभिन्न आठ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रतिबन्धित वनएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापनमा खेलेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने विज्ञापन बल्छि धुव्रेबाट भएको भेटिन्छ ।
प्रतिबन्धित यस्ता गतिविधिलाई युवाहरुलाई प्रोत्साहन गर्ने शैलीमा काम गरेको आरोप उनीहरुमाथि छ ।
प्रहरीले बुधबार मात्रै पनि बेटिङका पाँच जना एजेन्टलाई पक्राउ गरेको थियो । पक्राउ परेका पाँच जनाले ७४ करोड बढीको कारोबार गरेको खुलेको छ ।
वि.सं.२०८० जेठ ३२ बिहीवार १२:०८ मा प्रकाशित






























