back
CTIZAN AD

कनेक्ट आईपीएसको नयाँ योजना, यस्ता छन् विशेषता

वि.सं.२०८० असार ६ बुधवार

804 

shares

काठमाडौं । कनेक्ट आईपीएसको रिफर र फ्रेन्ड २.० अफर अन्तर्गत कनेक्ट आईपीएसका प्रयोगकर्ताले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई कनेक्ट आईपीएसमा रजिष्टर हुन रिफर गर्न सक्नेछन् ।

उक्त अफर अन्तर्गत असार ५ गतेदेखि असार ३१ गतेसम्म ‘रिफरर’ अर्थात् रिफर गर्ने प्रयोगकर्ताले २५ र रिफर प्राप्त गर्नेले ५० रुपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् । अफरको फाइदा लिन ‘रिफरर’ ले आफ्ना साथी तथा आफन्तलाई आफ्नो ‘रिफरल कोड’ दिनुपर्ने हुन्छ ।

‘रिफरी’ अर्थात रिफर प्राप्त गर्नेले भने कनेक्ट आईपीएसमा नयाँ युजर रजिष्टर गर्दा उक्त ‘रिफरल कोड’ दाखिला गरी बैंक खाता लिंक गरेर सेल्फ भेरिफाई वा नजिकैको बैंकमा गएर भेरिफाई गरे पश्चात ‘रिफरर’ ले २५ आफ्नो बैंक खातामा र ‘रिफरी’ ले ५० आफ्नो बैंक खातामा प्राप्त गर्नेछ ।

रिफरर ले आफ्नो ‘रिफरर कोड’ सँगै लिंक पनि शेयर गर्न सक्नेछ र रिफरीले उक्त लिंक क्लिक गरी कनेक्ट आईपीएसको वेबसाइट वा मोबाइल एपमार्फत नयाँ युजर बनाउन सक्नेछ । रिफरीको लिंक गरिएको खाता भेरिफाई भएपछि मात्र रिफररको खातामा प्राप्त हुने हुँदा रिफरीले अफर अवधिभित्र खाता भेरिफाई गराइसक्नुपर्ने कम्पनीले उल्लेख गरेको छ ।

वि.सं.२०८० असार ६ बुधवार ०८:४० मा प्रकाशित

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

काठमाडाैँ । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) ले नेपाली...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...