back
CTIZAN AD

कृषि बीमा कार्यक्रम पुनः शुरु

वि.सं.२०८० असार ६ बुधवार

774 

shares

काठमाडौं । कृषि बीमा कार्यक्रम पुनः शुरु भएको छ । नेपाल बिमक संघले े विज्ञप्ति जारी गर्दै सोमबारबाट नैं यसअघि रोकिएको कृषि बीमा कार्यक्रम पुनः शुरु गरेको जानकारी दिएको हो ।

कृषि बीमा कार्यक्रम सुरु गरेको बिषयमा संघले विज्ञप्ति मार्फत् जानकारी दिंदै भनेको छ, ‘नेपाल सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमाशूल्कमा क्रमशः अनुदान दिँदै आएकोमा २०७७ सालदेखि कृषि बीमाको अनुदान करिब तीन अर्ब बाँकी रहेको थियो ।’

‘बीमकहरुले अनुदान रकम पाउन बारम्बार पहल गर्दा समेत विभिन्न बहानामा अनुदान रोकिएको हुँदा बीमक संघको निर्णयमा मिति २०८०÷०२÷०७ गते देखि कृषि सम्बन्धी बीमालेख जारी गर्न बन्द गरिएको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीमकहरुलाई केहि आंंशिक रकम उपलब्ध गराई मिति २०८०÷०२÷३० मा माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालको अध्यक्षतामा मन्त्रालयका दुबै सचिवहरुको संयुक्त सहभागितामा बसेको बैठकले अनुदान रकम तत्काल उपलब्ध गराउने प्रतिबद्घता भएको र बीमालेख जारी गर्न आग्रह भएकोले यहि मिति २०८० साल अषाढ मसान्त सम्मको लागि आजैका मितिदेखि बीमालेख जारी गर्ने कार्य सुचारु गर्ने नेपाल बीमक संघले निर्णय गरेको सबै सरोकारबालाहरुलाई जानकारी गराउँदछौं’, संघले भनेको छ ।

संघले कथम् कदाचित उक्त समय भित्र अनुदान रकम प्राप्त नभएमा पुनः बीमालेख बन्द गरिने समेत जानकारी गराएको छ । नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका विभागहरु तथा नेपाल बीमा प्राधिकरणलाई कृषि बीमा वापतको अनुदान तत्काल उपलब्ध गराउन सहजता अपनाई पहल गरी दिन समेत संघले आग्रह गरेको छ ।

संघले विज्ञप्ति मार्फत् बीमालेख जारी गर्न तथा दाबी भुक्तानी गर्न स्थगन गरेबाट बीमित तथा दाबीकर्ताहरुमा पर्न गएको असरप्रति क्षमा मागेको छ ।

वि.सं.२०८० असार ६ बुधवार ०८:४५ मा प्रकाशित

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

कृषिउपजको थोक मूल्य, कुन तरकारीको मूल्य प्रतिकेजी कति ?

कृषिउपजको थोक मूल्य, कुन तरकारीको मूल्य प्रतिकेजी कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य