काठमाडौं । भारतले नेपालका १८ ओटा जलविद्युत् आयोजनाबाट उत्पादन भएका हजार मेगावाट बिजुली बिक्री अनुमतिमा अड्काएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट १० बर्षमा १० हजार मेगावाट बिजुली लैजाने घोषणा गरेका थिए । यद्यपी प्रधानमन्त्री मोदीले नै त्यस्तो घोषणा गरेपनि घोषणा अगावै नेपालमा उत्पादित १८ जलविद्युत आयोजनाका विद्युत् भारतको बजारमा विक्रि अनुमतिका लागि पठाइए पनि ती आयोजनालाई विक्रि अनुमति नदिएर भारतले अल्झाइरहेको बुधबारको कान्तिपुर दैनिकमा समाचार छ ।
नेपालले ती जलबिद्युत् आयोजना विक्रि अनुमतिका लागि २०७८ भदौमा पठाए पनि भारतलाई त्यसलाई अनुमति दिन आनाकानी गरिरहेको छ । भारतले विक्रिका लागि अनमति नदिएमा १ वर्षमा १ हजार मेगावाट विद्युत् खेर जाने अवस्थामा रहेको छ ।
यी हुन् ती १८ आयोजना
भारतले बिजुली बिक्री अनुमति नदिएर अड्काएर राखेका १८ आयोजनामा माथिल्लो तामाकोशी (४४२.३२ मेगावाट), माथिल्लो भोटेकोशी (४३.६५ मेगावाट), चमेलिया (२९.१ मेगावाट), लिखु ’ए’ ((२३.४७४ मेगावाट), मिस्त्री खोला (४०.४७ मेगावाट), तल्लो मोदी –१ (९.७) मेगावाट), माई खोला (२ÞÞ१.३४ मेगावाट), हेवा खोला ’ए’ (१४.७४३ मेगावाट), तल्लो हेवा खोला (२१.४७३ मेगावाट), माथिल्लो बलेफी ’ए’ (३४.९२ मेगावाट), माथिल्लो दोर्दी’ए’ (२४.२५ मेगावाट), तल्लो लिखु (२७.२५७ मेगावाट), दोर्दी खोला (२६.१९ मेगावाट), सोलु खोला दूधकोसी (८३.४२ मेगावाट), माथिल्लो चाकु ’ए’ (२१.५३४ मेगावाट, सुपर मादी (४२.६८ मेृगावाट), सुपर दोर्दी ’ख’ (५२.३८ मेगावाट) र लिखु २ (५०.८९ मेगावाट ) रहेका छन् ।
वि.सं.२०८० असार ६ बुधवार १३:३५ मा प्रकाशित






























