back
CTIZAN AD

सत्ता राजनीतिमा शक्तिशाली बन्दै प्रचण्ड

वि.सं.२०८० असार ६ बुधवार

927 

shares

काठमाडौं । निरन्तर राजनीतिको केन्द्रमा देखिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ थप शक्तिशाली बन्दै गएका छन् । सत्ता साझेदार तीन दल (माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी) र सत्ता बाहिरको नेपाल कम्युनिष्ट पार्टीलाई मिलाएर समाजवादी केन्द्र निर्माण गरिएसँगै उनी थप शक्तिशाली देखिएका हुन् । संसद र संसदबाहिर उनको पक्षमा शक्ति थप बढेको छ ।

चार दल मिलेर मोर्चा गठन भएसँगै संसदमा मोर्चाबिना सरकार निर्माण करिब असम्भव जस्तै बनेको छ । मोर्चाको पक्षमा संसदभित्र ५४ सिट पुगेको छ । संसदमा मोर्चा आबद्ध दल माओवादी केन्द्रसँग ३२, जसपासँग १२ र एकीकृत समाजवादीसँग १० सिट छ ।

संसदको ठूलो सत्तारुढ नेपाली कांग्रेससँग एक्लै ८८ सिट छ भने प्रमुख प्रतिपक्षीको हैसियतमा रहेको एमालेसँग ७८ सिट छ । एमाले र कांग्रेस मिलेर सरकार गठन सम्भव छ तर, दुई दल एक्लाएक्लै रहँदा सरकार गठनका लागि मोर्चाको सहयोग अनिवार्य देखिन्छ । मोर्चा गठनसँगै न एमालेले मोर्चालाई बाहिर राखेर सरकार बनाउन सक्छ न कांग्रेसले ।

यस्तोमा सत्ताको नेतृत्वमा रहेका प्रचण्डलाई थप सहजता भएको देखिन्छ । उनको नेतृत्व थप लम्बिने आधारहरु पनि निर्माण भएका छन् ।

मोर्चा घोषणा पनि यीनै राजनीतिक दाउपेचबाट भएको मान्न सकिन्छ । स्वयम् प्रचण्डले पनि मोर्चा घोषणा सभामा विगतका अनुभवको आधारमा मोर्चा बनाइएको बताइएका थिए । “आज समाजवादी मोर्चा भनेर घोषणा गरेका छौं, यो हिजोको अनुभवको पनि नयाँ संश्लेषण भएको छ, अब हाम्रो सफलतालाई कसैलाई रोक्न सक्दैन”, उनले भनेका थिए ।

मोर्चा घोषणा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै स्वरुपमा पार्टी गठन गर्नेतिर लक्षितसमेत देखिन्छ । चार दल मिलेर तत्कालिन नेकपालाई ब्यूँताउने गरी लागेको अनुमान लगाउन सहज छ । योबीचमा नेताहरुका अभिव्यक्ति पनि नेकपा गठनलक्षित छ । यदि पार्टी एकता गर्नेगरी अगाडि बढे थप शक्ति आर्जन हुने पनि आकंलन गर्न सकिन्छ ।

वि.सं.२०८० असार ६ बुधवार १३:३६ मा प्रकाशित

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...