काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले नेपालगञ्ज उप–महानगरपालिका बाँकेसँग सहकार्य गर्दै ‘बालिका शिक्षा तथा बालविवाह न्यूनिकरण मुद्धति खाता’ योजना सञ्चालनमा ल्याएको छ । बाल विवाह न्यूनिकरण र बालिकाको शिक्षालाई निरन्तरता दिन खाता योजना ल्याएको बैंकले जनाएको छ ।
मुद्दति खाना योजना कार्यान्वयनका लागि नेपालगञ्ज उप–महानगरपालिका विविध कोषअन्र्तरगत बालिकाहरुको नाममा मुद्दति खाता खोली कार्यविधिबमोजिमको रकम खातामा जम्मा गरिने उल्लेख छ । बालिकाहरुको लागि बैंक खाता खोल्ने र उपलब्ध सबैभन्दा अनुकूल ब्याज दरमा पच्चीस हजारको मुद्दती निक्षेप राख्ने सहमति भएको बैंकले जनाएको छ ।
यस कार्यक्रमले बालविवाह घटाउन र यस क्षेत्रका युवा छात्राहरूको प्राथमिक, माध्यमिक र उच्च माध्यमिक शिक्षा पूरा गर्न महत्तवपूर्ण प्रभाव पार्ने बैंकले अपेक्षा लिएको छ ।
कोषको उचित सदुपयोग सुनिश्चित गर्न, खातावालाहरूले नेपालगन्ज उपमहानगरपालिका, बाँकेबाट सिफारिस पत्र प्राप्त गरेपछि मात्र रकम झिक्न सक्ने जनाइएको छ । आफ्नो शिक्षा सफलतापूर्वक पूरा गर्ने र २० वर्षको उमेर अघि विवाह नगर्ने बालिकाहरुलाई मात्र सो पत्र जारी गरिने जनाइएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८४ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४१ वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
वि.सं.२०८० असार ६ बुधवार १५:०७ मा प्रकाशित






























