काठमाडौं । गर्मी तथा वर्षायाम सुरु भएसँगै विभिन्न रोगहरु देखा पर्छन । मुख्यत वर्षाका बेलामा बालबालिकामा झाडा पखाला, हैजा जस्ता रोगहरु फैलने हुँदा साबधानी अपनाउनु पर्ने हुन्छ । विशेष गरी सरसफाई र खानपानमा ध्यान दिन जरुरी हुन्छ ।
यी हुन् झाडा पखाला लागेका बेला घरमै गर्न सकिने पाँच विधि
१–झाडा पखाला हुनासाथ १ लिटर सफा पानीमा एक प्याकेट जीवनजल राखी राम्ररी घोल्ने र पटक–पटक खुवाउने ।
२–प्रसस्त मात्रामा सफा तथा झोल खानेकुरा थोरै थोरै गरी पटक–पटक खुवाइरहने ।
३ नरम तथा सजिलै पच्ने खानेकुरा थोरै–थोरै गरी पटक–पटक खुवाइरहने ।
४- स्वास्थ्यकर्मीले सिफारिस गरे अनुसार जिंक चक्कीको मात्रा नबिराइकन खुवाउने ।
५-व्यक्तिगत सरसफाईमा ध्यान दिने र स्वच्छ पानी तथा खाना खुवाउने÷ खाने ।
वि.सं.२०८० असार ६ बुधवार १५:११ मा प्रकाशित






























