back
CTIZAN AD

लगानीयोग्य तरलता बढ्यो, अन्तर बैंक ब्याजदर घट्दै

वि.सं.२०८० असार ७ बिहीवार

630 

shares

काठमाडौं । बैंकिङ क्षेत्रमा निक्षेप बढ्दै जाँदा लगानीयोग्य तरलताको वृद्धि हुन थालेको छ । कर्जाको माग नबढ्दा भने अन्तरबैंक ब्याजदर घट्दै गएको छ । बैंकहरुमा निक्षेपको मात्रा निरन्तर बढ्दै जाँदा अन्तरबैंकको औसत ब्याजदर असार ५ गते ३.९ प्रतिशत हुन पुगेको छ ।

असार ३ गतेसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ५५ खर्ब ७३ पुगेको थियो भने कर्जा लगानी भने ४८ खर्ब ५५ अर्ब पुगेको छ । गत आवको तुलनामा चालु आवमा बैंकहरुमा निक्षेप ४ खर्ब भन्दा बढी भएको छ ।

गत आवको असार मसान्तमा ५१ खर्ब ५९ अर्ब रहेको थियो । तर कर्जा लगानीको वृद्धि भने १ खर्ब ४१ अर्ब मात्रैले वृद्धि भएको छ । बैंकहरुमा निक्षेप बढेसँगै असार ३ गतेसम्म औसत कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ८३.८८ प्रतिशतमा झर्न पुगेको छ ।

विदेशबाट आउने रेमिट्यान्सको आप्रवाहमा भएको सुधारले गर्दा बैंकिङ क्षेत्रको निक्षेपमा सकारात्मक अवस्था देखिएको हो । त्यस्तै मन्दीको प्रभावले उद्योग, बजार, उत्पादन क्षेत्र र उपभोग्य क्षेत्र आवश्यकताअनुसार चलायमान हुन नसक्दा कर्जा लगानीमा सुस्तता छाएको छ ।

मौद्रिक नीति मार्फत् नेपाल राष्ट्र बैंकले अन्तरबैंक ब्याजदरलाई नीतिगत दरभन्दा २ प्रतिशत बिन्दुले मात्रै तलमाथि हुनेगरी कायम गर्ने लक्ष्य लिएको छ । त्यस्तै, ७ प्रतिशत नीतिगत ब्याजदर, ५ प्र्रतिशत अन्तरबैंक ब्याजदर र अन्तरबैंक ब्याजदर ९ प्रतिशतभन्दा माथि पुग्दा प्रणालीमा तरलता पठाउने लक्ष्य केन्द्रीय बैंकले लिएको छ ।

प्रणालीमा लगानीयोग्य तरलता वृद्धि हुँदै जाँदा बैंकहरुले विकास ऋणपत्रको ब्याजदर घटाएका छन् । गत पुसमा १०.९३ प्रतिशत पुगेको विकास ऋणपत्रको ब्याजदर अहिले असार ४ सम्म आउँदा घटेर ६.९३ प्रतिशत कायम भएको छ । प्रणालीमा अधिक तरलता भए पनि दीर्घकालीन ऋणपत्रको ब्याजदर नै बैंकहरुले घटाएका हुन् ।

वि.सं.२०८० असार ७ बिहीवार १२:०९ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...