back
CTIZAN AD

देवचुली नगरको नीति तथा कार्यक्रम : प्रविधिमैत्री शिक्षामा जोड, झोला विहीन शुक्रबार’

वि.सं.२०८० असार ९ शनिवार

894 

shares

देवचुली । नवलपुरको देवचुली नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगरसभाबाट पारित गरेको छ । शुक्रबार बसेको नगरसभामा पारित नीति तथा कार्यक्रममा विशेष गरी प्रविधिमैत्री शिक्षालाई जोड दिएको छ।

बालबालिकाको अतिरिक्त सिकाईका लागि ‘झोला बिहिन शुक्रबार’ बनाउने नीति नगरपालिकाले लिएको छ ।

नगर प्रमुख हरिप्रसाद न्यौपानेले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘प्रविधिमैत्री शिक्षा आजको आवश्यकता’ कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन आवश्यक बजेटको व्यवस्था गरि आधारभूत तहलाई पूर्ण प्रविधिमैत्री बनाइने, बालविकास केन्द्रमा बालबालिकामैत्री सिकाई सामग्री र बालबालिकाको बसाइलाई व्यवस्थित गराउने, विद्यार्थी संख्या र भूगोल समेतका आधारमा विद्यालयको समायोजन र शिक्षक दरबन्दी मिलानलाई जोड दिइएको छ ।
त्यस्तै विद्यार्थीमा सिकाई क्रियाकलापको गुणस्तर बृद्धिका लागि अभिभावक शिक्षक व्यवहारिक शिक्षा कार्यक्रम सञ्चालन गरिने, “शिक्षासंगै इलम र जिम्मेवारी भन्ने भनाइको सारलाई आत्मसात् गरि सिकाइलाई जिवनपयोगी बनाउन आधारभूत ज्ञान, सरसफाई र फोहरमैला व्यवस्थापन, स्थानीय संस्कृति एवम् ऐतिहासिक महत्वका स्थलहरुको जानकारी र स्थानीय उत्पादनबारे गर्न सकिने खोजका विषयहरु र हितको स्थानीय पाठ्यक्रम तयार गरि लागू गरिने उल्लेख छ ।

No description available.

त्यस्तै विद्यालय अनुगमन, अवलोकन र नियमित निरिक्षणका आधारमा गरिने मूल्याङ्कन पद्दतिलाई निरन्तरता दिइने, विद्यालय सुधार योजना निर्माण र कार्यान्वयनमा जोड दिइने विद्यालयको शिक्षण सिकाई, अन्य व्यवस्थापन सुधार लगायत समग्र शैक्षिक गुणस्तर सुधारका निम्ति सामुदायिक विद्यालयहरुमा प्रतिष्पर्धाका माध्यमबाट प्रधानअध्यापक छनौट गर्ने नीति लिइने, सबै प्रमुख प्रशासकिय अधिकृत र विद्यालयका प्रधानाध्यापक बीच कार्यसम्पादन करार गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसैगरी बालबालिकाहरुलाई अतिरिक्त क्रियाकलाप  (इसिए) तथा जीवन उपयोगी ज्ञान र कलातर्फ आकर्षित हुने गरि विद्यालयहरुलाई क्रमशः ‘झोलाबिहिन शुक्रबार’ बनाउने तथा नगर शिक्षा योजनाले तय गरेका नीति अनुरुप वार्षिक कार्य योजना तयार गरि कार्यान्वयन गरिने नीति नगरपालिकाले लिएको छ ।

 

वि.सं.२०८० असार ९ शनिवार ०८:३२ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...