back
CTIZAN AD

सेयर बजारमा किन छैन वाणिज्य बैंकप्रति आकर्षण ?

वि.सं.२०८० असार ११ सोमवार

702 

shares

काठमाडौं । एक महिना अघिसम्म १८ सयको बिन्दुमा रहेको सेयर बजार योबीचमा झण्डै तीन सय अंकले बढ्दै २१ सयमाथि पुगेको छ । सेयर बजारमा कारोबार रकम पनि उत्साहित बनाउने खालको देखिन्छ ।

आइतबार छ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार पनि पाँच अर्ब २६ करोड बढीको भयो । पछिल्लो समय सेयर बजारमा भइरहेको कारोबार छ महिना यताकै उच्च हो ।

बजेट भाषणसँगै उक्लिएको सेयर बजारमा लगानीकर्ताहरु झुम्मिरहेका छन् । लगानीकर्ता झुम्मिरहँदा कतिपय कम्पनीको मूल्यमा नियमित सकारात्मक सर्किटसमेत लागिरहेको छ ।

तर, यस्तोमा बलिया र ठूला मानिएका वाणिज्य बैंकहरुमा भने उत्साह देखिन्न । अन्य कम्पनीका मूल्यमा गुणात्मक परिवर्तन आउँदा किन बढ्न सकेन वाणिज्य बैंकहरुको मूल्य ? यसमा विश्लेषकहरुको आ–आफ्नै धारणा पाइन्छ । तर, लगानीकर्ताले वेवास्ता गर्दा अधिकांश वाणिज्य बैंकहरुको मूल्य बढ्दो होइन घट्दो क्रममा देखिन्छ ।

२० वाणिज्य बैंकमध्ये सोमबार १४ बैंकको मूल्यमा बढोत्तरी आयो भने छ बैंकको मूल्यमा गिरावट आयो । तर, बढेका कुनैपनि बैंकको मूल्य उत्साह जगाउने खालको छैन ।

एक महिनामै तीन सय बढीले बजार बढेर २१ सयको बिन्दुमा पुग्दा अधिकांश वाणिज्य बैंकहरुको मूल्य उस्तै छ । २० वाणिज्य बैंकमध्ये अधिकांशको मूल्य तीन सय मुनि छ भने एनआईसी, नबिल र एभरेष्टसहित जम्मा पाँच बैंकको मूल्य मात्रै तीन सयमाथि छ ।

थाहा पाउनुहोस् कुनको मूल्य कस्तो छ ?

प्रति कित्ता मूल्य दुई सयभन्दा मुनि रहेका वाणिज्य बैंक

१. सिटिजन बैंक इन्टरनेशनल लिमिटेड : १७२

२. कुमारी बैंक लिमिटेड : १६३

३. लक्ष्मी बैंक लिमिटेड : १७४

४. प्रभु बैंक : १६१

५. ग्लोबल आईएमई बैंक लिमिटेड : १८२

६. नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड : १७५

७. प्राईम कमर्शियल बैंक लिमिटेड : १९१

८. सनराईज बैंक लिमिटेड : १७२

प्रति कित्ता मूल्य तीन सयभन्दा मुनि रहेका वाणिज्य बैंक

१. हिमालयन बैंक लिमिटेड : २११

२. एनएमबी बैंक लिमिटेड : २२४

३. कृषि विकास बैंक : २२९

४. माछापुच्छ्रे बैंक लिमिटेड : २३६

५. सिदार्थ बैंक लिमिटेड : २४७

६. नेपाल बैंक लिमिटेड : २५१

७. सानिमा बैंक : २५३

प्रति कित्ता मूल्य तीन सयभन्दा माथि रहेका वाणिज्य बैंक

१. नेपाल एसबीआई बैंक : ३५६

२. स्ट्याण्डर्ड चार्टर बैंक लिमिटेड : ५३०

३. एभरेष्ट बैंक लिमिटेड : ५८१

४. नबिल बैंक लिमिटेड : ५८६

५. एनआइसी एसिया बैंक लिमिटेड : ७८७

सम्बन्धित समाचार

सेयर बजारमा दोहोरो अंकको बृद्धि, १२३ कम्पनीका लगानीकर्ताले कमाए नाफा

वि.सं.२०८० असार ११ सोमवार १८:०७ मा प्रकाशित

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...