back
CTIZAN AD

गण्डकी प्रदेशसभामा बजेटमाथि मन्त्रालयगत छलफल जारी

वि.सं.२०८० असार १३ बुधवार

792 

shares

गण्डकी । गण्डकी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८० र ८१ का लागि विनियोजित बजेटको मन्त्रालयगत छलफल जारी छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, प्रदेशसभा सचिवालय, प्रदेश लोकसेवा आयोगलगायत प्रतिष्ठान र निकायसँग सम्बन्धित शीर्षकहरुमा छलफल भयो ।

यही असार ८ गते प्रदेशसभा समक्ष प्रस्तुत भएको विनियोजन विधेयक २०८० माथि मङ्गलबारदेखि छलफल सुरु भएको थियो । मङ्गलबारको प्रदेशसभा बैठकमा उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल गरिएको थियो ।

मन्त्रालयगत छलफलका क्रममा प्रदेशसभा सदस्यहरुले बजेटबारे पक्ष र विपक्षमा आ–आफ्ना धारणा राखेका छन् । बुधबारको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य हरिबहादुर चुमानले बजेट वितरणमुखी नभई परिणाममुखी रहेको बताए । उनले भौतिक, ऊर्जालगायत मन्त्रालयले टुक्रे योजना कटौती गर्नुलाई सकारात्मक रुपमा लिनुपर्ने उल्लेख गरे।

प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले प्रदेश सरकारले जनमुखी बजेट ल्याएको धारणा राखे। उनले पोखराका तालमा हुने दुर्घटना न्यूनीकरणका लागि अस्थायी सुरक्षा पोष्ट स्थापना, कारागार सुधार र व्यवस्थापन लगायतका क्षेत्रमा बजेट विनियोजन गरिएकामा सन्तोष व्यक्त गरेका छन् । आन्तरिक आय वृद्धिका लागि आर्थिक मामिला मन्त्रालयले ल्याएको योजना कार्यान्वयन हुनुपर्नेमा उनको जोड थियो ।

प्रदेशसभा सदस्य रोशनबहादुर गाहा थापाले शक्ति र पहुँचका आधारमा बजेट बाँडफाँट गरिएको आरोप लगाए । प्रदेशसभा सदस्य बिन्दु पौडेल, भक्तबहादुर कुँवरलगायतले छलफलमा भाग लिएका थिए ।

यही असार १ गते सार्वजनिक गरिएको आगामी आव २०८० र ८१ को बजेटमाथिको छलफल सकिएपछि मन्त्रालयगत शीर्षकमा छलफल सुरु भएको हो । छलफलका क्रममा उठेका विषयमाथि सम्बन्धित मन्त्रीले जवाफ दिने प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए । विनियोजन विधेयकसँगै आर्थिक विधेयकमा छलफल भएपछि बजेट पासको प्रक्रिया अगाडि बढ्ने उनले बताए ।

वि.सं.२०८० असार १३ बुधवार १६:१३ मा प्रकाशित

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...