back
CTIZAN AD

कारोबार रकम उच्च हुँदा पनि किन घट्यो सेयर बजार ?

वि.सं.२०८० असार १३ बुधवार

945 

shares

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार उच्च अंकले घटेको छ । बुधबार ३५.३७ अंकले बजार घट्दै बजार २१५०.९९ को बिन्दुमा झरेको छ ।

उच्च अंकले बजार बजार घटेको भएपनि कारोबार रकम भने उच्च रह्यो । बुधबार एक करोड ३३ लाख ४२ हजार सेयर कित्ता किनबेच हुँदा कारोबार रकम पाँच अर्ब ९७ करोड २२ लाख रुपैयाँको भयो ।

बुधबार सेयर बजारमा भएको कारोबार रकम अघिल्ला दिनको भन्दा उच्च हो ।

बुधबार नेप्स परिसूचकको सबैजसो उपसमूह राताम्मे बन्दा जीवन बिमा उपसमूहमा भने हरियाली छायो । बुधबार सबैभन्दा बढी होटेल, माइक्रोफाइनान्सलगायतका उपसमूहमा उच्च गिरावट आएको छ ।

बुधबार हिमालयन लाइफ इन्स्योरेन्स, सिवम् सिमेन्ट, सोल्टी होटेललगायतको कारोबार उच्च रह्यो । हिमालयन लाइफ इन्स्योरेन्सको १५ लाख २३ हजार ७१२ कित्ता किनबेच भएको छ ।

निरन्तर उच्च अंकले बढेको हिमालयन लाइफको ठूलो संख्यामा कारोबार हुनुलाई लगानीकर्ताले नाफा सुरक्षित गरेको रुपमा हेर्न सकिन्छ । बुधबार पनि हिमालयन लाइफको मूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

यस्तै, अन्य कम्पनीको पनि निरन्तर बढेको मूल्यलाई सुरक्षित गर्न खोज्दा समग्रमा सेयर बजार ओरालो लागेको विश्लेषण गर्न सकिन्छ ।

वि.सं.२०८० असार १३ बुधवार १६:०७ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...