back
CTIZAN AD

‘विशिष्ट युवा प्रतिभा पुरस्कार २०८०’ बाट साहित्यकार बिर्खे अञ्जान सम्मानित

वि.सं.२०८० असार १३ बुधवार

978 

shares

काठमाडौं । युवा साहित्यकार बिर्खे अञ्जान विशिष्ट युवा प्रतिभा पुरस्कार २०८० बाट सम्मानित भएका छन् ।

सोमबार र मंगलबार होटल एभोकार्डो हेटौडाको सभाहलमा आयोजित प्रदेश युवा परिषद्को बैठकका अवसरमा मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा बसेर निरन्तर साहित्यमा साधनारत क्रियाशील थाहाका साहित्यकार अञ्जानलाई मुख्यमन्त्री शालिकराम जमरकट्टेलले २५ हजार रुपैयाँसहित ‘विशिष्ट युवा प्रतिभा सम्मान २०८०’ बाट सम्मान गरेका हुन् ।

परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईको सभापतित्व सम्पन्न उक्त बैठकमा मुख्यमन्त्री जमरकट्टेलको प्रमुख आतिथ्यता र सामाजिक बिकास मन्त्री कुमारी मुक्तानको आतिथ्यता रहेको थियो ।

सम्मानित स्रष्टा अञ्जानका एकल ४ वटा साहित्य कृति र सहलेखनकम ३ वटा कृति सहित ७ वटा कृति प्रकाशित भै सकेका छन् । बागमती प्रदेशको आर्थिक बर्ष २०७९ / ८० को वार्षिक कार्यक्रम अनुसार प्रतिस्पर्धा मार्फत उनी विशिष्ट युवा पुरस्कार – २०८० मा छनोट भएका थिए ।

दुई दिनसम्म चलेको बैठकमा बागमती प्रदेशका १३ जिल्लाका १५० जना युवाहरूको सहभागिता रहेको थियो । बैठकले श्रम, शिप र व्यवसाय लगायत सूचना र संचारको सन्दर्भमा छलफल भइ ११ बुँदे हेटौंडा घोषणापत्र समेत जारी गरेको छ ।

वि.सं.२०८० असार १३ बुधवार १६:०६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...