back
CTIZAN AD

बागलुङको स्थानीय तहले कुकुर र बाँदरको लागि यस्तो नीति ल्याए

वि.सं.२०८० असार १४ बिहीवार

702 

shares

बागलुङ । बागलुङका स्थानीय तहले पृथक नीति तथा कार्यक्रम ल्याएका छन् । जिल्लाको दुई पालिकाले कुकुर र बाँदर नियन्त्रणका लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । जिल्लाको बागलुङ नगरपालिकाले छाडा कुकुर नियन्त्रण गर्न कुकुर होस्टेल निर्माण गर्ने भएको छ, भने जैमिनी नगरपालिकाले बाँदर नियन्त्रण गर्नका लागि जङ्गलमै बाँदर बगैँचा बनाउने गरी नीति तथा कार्यक्रम ल्याएको हो ।

जिल्ला सदरमुकाम रहेको बागलुङ बजारमा छाडा कुकुरको समस्या बढेको भन्दै छाडा कुकुरलाई नियन्त्रणमा लिएर कुकुर होस्टेलमा राखिने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ का लागि कुकुर होस्टेल स्थापनाका लागि रु १५ लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाभित्र छाडा कुकुरका कारण दुर्घटना बढेको तथा छाडा कुकुरले टोकेका घटना बढ्दै गएका कारण छाडा कुकुरलाई नियन्त्रण गर्न कुकुर होस्टेलमा राख्ने, हेरचाह गर्ने र कुकुर पाल्न चाहनेलाई दिने बागलुङ नगरले नीति लिएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले बताए ।

“छाडा कुकुरको समस्या नियन्त्रण गर्न नगरपालिकाले पुश कार्यालयको समन्वयमा बन्ध्याकरणसमेत गरेका छौँ, रेबिजविरुद्धको खोप लगाएका छौँं, छाडा कुकुरलाई शून्यमा झार्नका लागि कुकुर होस्टेल बनाउने नगरपालिकाको नीति हो, आगमी आर्थिक वर्षमा पहिलो चरणको काम हुन्छ” उनले भने “छाडा कुकुर नियन्त्रण गरेर होस्टेलमा राख्दा बजारमा छाडा कुकुरका कारण निम्तने दुर्घटना र रेबिज रोगको सङ्क्रमण घटेर जानेछ, होस्टेलमा राखिएका कुकुरलाई स्थानीयवासीले पाल्नका लागिसमेत लैजान सक्नेछन् ।”

नगरपालिकाले कुकुरका लागि छुट्टै निर्देशिका नै बनाइसकेको छ । घरपालुवा कुकुर नगरपालिकामा दर्ता गर्ने, नवीकरण गर्ने, अनिवार्य रेबिजविरुद्धको खोप लगाउने कार्यलाई पशुसेवा शाखाबाट काम गर्ने नीति लिइएको छ । नगरपालिकाले छाडा कुकुरलाई मार्न नपाइने भएकाले उत्पादन घटाउन बन्ध्याकरण गर्ने र कुकुरलाई पालन पोषण गरेर कुकुर होस्टेलमा राख्ने भएको हो ।

जिल्ला सदरमुकाममा छाडा कुकुरको समस्याका विषयमा नागरिकबाट निरन्तर आउन थालेपछि नगरपालिकाले कुकुर होस्टेलको अवधारण लिएको हो । जिल्ला सदरमुकाममा अहिले छाडा कुकुरको तथ्याङ्क सङ्कलनको कार्य पशु शाखामार्फत चलिरहेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

नगरप्रमुख श्रेष्ठले सबै छाडा कुकुरलाई जम्मा गरेर पालनपोषण नगरपालिकाले गर्ने र स्थानीयवासीले कुकुर लगेर पाल्न चाहेमा दिनेगरी योजना बनाएको बताए । यस्तै बागलुङको जैमिनी नगरपालिकाले बाँदरलाई जङ्गलमै भुलाउने कार्यक्रम ल्याएको छ । नगरपालिकामा जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी बाँदरको समस्या रहेको छ । जैमिनी नगरपालिकामा बाँदरको समस्या बढ्दै गएका कारण नगरपालिकाले नगरपालिकाको वडा नं ८ छिस्तीको पुरानो गाउँमा बाँदर बगैँचा निर्माण गर्ने नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको छ ।

नगरपालिकाले बाँदर बगँैचा निर्माणका लागि प्रारम्भिक पूर्वाधार निर्माण गर्न रु १० लाख र गण्डकी प्रदेश सरकारबाट रु १५ लाख गरी रु २५ बजेट विनियोजन गरिएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । “जैमिनी नगरपालिकामा बाँदरको समस्या बढ्दै गएको छ, बसाइँसराइका कारण बाँदरको समस्या जटिल बन्नु स्वभाविक छ, बाँदरलाई जङ्गलमै भुलाउनका लागि छिस्तीको पुरानो गाउँमा बाँदर बगैँचा निर्माण गर्ने र बाँदरलाई बगैँचामै भुलाउने नगरपालिकाको योजना छ” नगर उपप्रमुख शर्माले भने“पहिलो चरणमा आगमी आर्थिक वर्ष २०८०÷८१ मा रु २५ लाख बजेटबाट पूर्वाधार निर्माणको सुरुवात गरिन्छ, बाँदर बगैँचामा जैमिनीभित्रका बाँदरलाई त्यहाँ लगेर पालिन्छ, बगैँचामा बाँदरलाई मनपर्ने फलफूल लगाइन्छ भने बाँदरलाई बगैँचाभित्रै राख्न पूर्वाधार निर्माण गरिन्छ ।”

उनले जैमिनीमा निर्माण गर्ने भनिएको बाँदर बगैँचा नेपालमै पहिलो भएको दाबी गरे । पुरानो गाउँमा रहेको चार हजार दुई सय रोपनी समथर भाग बाँदर बगैँचा निर्माणका लागि उपयुक्त हुनेछ । बाँदर र अन्य वन्यजन्तुका लागि प्राकृति बासस्थानका रुपमासमेत पुरानो गाउँलाई छनोट गरिएको हो । बाँदर बगैँचालाई वन्यजन्तु पर्यटकीय क्षेत्रका रुपमासमेत विकास गर्न सकिने नगरपालिकाले जनाएको छ ।

FILE PHOTO 

 

वि.सं.२०८० असार १४ बिहीवार १५:०० मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...