back
CTIZAN AD

कार्कीले विश्वासको मत नपाउने निश्चित, तर विकल्प अन्योलपूर्ण

वि.सं.२०८० असार १४ बिहीवार

795 

shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत नपाउने निश्चित देखिएको छ । बहमुत सिद्ध गर्न सत्ता साझेदार दलहरुसँग मत नहुनु र विपक्षीले कुनै पनि हालतमा मत नदिने निर्णय गर्नुले उनी नेतृत्वको सरकारले विश्वासको मत नपाउने निश्चित देखिएको हाे ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्दछ । तर, सत्तारुढ एमालेसँग ४० र राप्रपासँग छ गरी कार्कीको पक्षमा जम्मा ४६ मत छ । बहुमत पुष्टि गर्न एमालेलाई थप एक सांसदको आवश्यक पर्दछ ।

तर, थप एक सांसद जुटाउने अवस्था कार्कीसँग देखिन्न ।

प्रदेशसभामा २९ सांसद भएको कांग्रेस, सभामुखसहित १३ सांसद भएको माओवादी केन्द्र, चार सांसद भएको एकीकृत समाजवादी र एक सांसद भएको जनता समाजवादीले घोषितरुपमै मत नदिने बताएका छन् । कांग्रेसले आवश्यक परे मध्यावधीमा जाने र कार्कीलाई मत नदिने स्पष्ट पारेको छ ।

यता, जनता समाजवादीले पनि विज्ञप्ति नै निकालेर मत नदिने जनाएको छ ।

सभामुखसहित १३ सांसद भएको माओवादी केन्द्रले भने आफ्नै नेतृत्वमा सरकार गठन गर्ने बताएको छ । बिहीबार बसेको माओवादी केन्द्र प्रदेश संसदीय दलको बैठकले प्रदेश संरचनाको स्थायित्व, सुशासन र नागरिकको अपेक्षा पूरा गर्न माओवादीकै नेतृत्वमा मात्रै सम्भव हुने बताएको हो ।

यता, चार सांसद भएको एकीकृत समाजवादीले पनि एमालेलाई मत नदिने बताएको छ ।

यस्तोमा कार्कीले विश्वासको मत नपाउने निश्चित देखिएको छ । उनको पक्षमा एक मत अपुग हुने स्पष्ट देखिन्छ ।

कार्कीले विश्वासको मत नपाउने निश्चित देखिएको भएपनि अबको विकल्प के ? अस्पष्ट छ ।

कार्की नेतृत्वको सरकार संविधानको धारा १६८ को उपधारा २ बमोजिम गठन भएको हो । यदि कार्कीले मत नपाए स्वभाविक उपधारा ३ बमोजिम सरकार गठनको प्रक्रिया सुरु हुनुपर्छ । जसअनुसार पुनः ठूलो दलको हैसियतमा एमालेले नै सरकार गठनको दाबी गर्न पाउँछ ।

तर, यसअघि गण्डकी र लुम्बिनीमा सरकार गठनका लागि पुनः संविधानको धारा १६८ को उपधारा २ बमोजिम आह्वान भएको थियो । जसआधारमा कोशीमा पनि सोही व्याख्या हुनसक्ने देखिन्छ ।

तथापी, अर्को चुनौतिको रुपमा विपक्षी गठबन्धनसँग पनि सभामुखबाहेक ४६ जना मात्रै सांसद हुनेछन् । एमालेले सभामुखलाई गणना गर्न नमिल्ने जिकिर गर्दै आएको छ । कार्की नेतृत्वको सरकार ढलेमा कोशीमा सरकार गठन कसरी हुने अन्योलपूर्ण नै देखिन्छ ।

याे पनि…

विश्वासको मत लिँदै कोशीमा मुख्यमन्त्री, जोगिएला त सरकार ?

विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले सबै दललाई पठाए पत्र

वि.सं.२०८० असार १४ बिहीवार १४:५६ मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...