काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन सुरु भएको छ । मुख्यमन्त्री कार्कीले विश्वासको मतसम्बन्धी प्रस्तावमा उठेका प्रश्नको जवाफ दिएसँगै मत विभाजन सुरु भएको हो ।
मुख्यमन्त्री कार्कीले सर्वपक्षीय सरकार बनाउन दलहरुलाई आग्रह गरेका छन् । उनले मुख्यमन्त्रीमै पनि आलोपालो गरेर जान सक्ने बताएका छन् । तर, उनको आग्रहको पक्षमा दलहरु देखिएका छैनन् ।
मत विभाजन प्रक्रियामा उनले विश्वासको मत पाउने सम्भावना निकै झिनो देखिन्छ ।
प्रदेश सभामा एमालेसँग ४० र राप्रपासँग ६ गरी सत्ता पक्षको पक्षमा ४६ मत छ भने विपक्षमा नेपाली कांग्रेस २९, माओवादी केन्द्र १३ (सभामुखसहित), एकीकृत समाजवादीसँग ४ मत छ।
१ मत रहेको जसपा तटस्थ रहने भन्दै आज अनुपस्थित छ।
वि.सं.२०८० असार १५ शुक्रवार १३:१९ मा प्रकाशित






























