back
CTIZAN AD

दोस्रो दिन पनि दोहोरो अंकले घट्यो सेयर बजार

वि.सं.२०८० असार १८ सोमवार

825 

shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार २१.३२ अंकले बजार घट्दै २०७५.९७ को बिन्दुमा झरेको छ ।

यसअघिको तुलनामा सोमबार कारोबार रकम पनि केही घटेको छ । एक सातादेखि नियमित पाँच अर्ब माथि कारोबार भइरहेकोमा सोमबार कारोबार चार अर्बमा सीमित भयो । ९४ लाख १८ हजार ९५२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम चार अर्ब पाँच करोड १० लाख ७८ हजार ३७५ रुपैयाँको भयो ।

होटेल र व्यापार उपसमूहबाहेक नेप्सेका सबै उपसमूह राताम्मे बने । जीवन बिमा समूहमा २३०.१८ अंकको पहिरो गयो भने निर्जीवन बिमातर्फ ८६.५० अंकले ओरालो लाग्यो ।

घटेको बजारमा होटल तथा पर्यटनतर्फ ११४.३४ र व्यापारतर्फ १७.०२ अंकले बद्धि भएको छ ।

कारोबारमा आएका २२५ कम्पनीमध्ये ४१ कम्पनीको मूल्यमा बृद्धि भयो भने १७४ कम्पनीको मूल्य घट्यो । १० कम्पनीको मूल्य भने सोमबार यथावत् रह्यो ।

घटेको बजारमा पनि सिवाइसी लघुवित्त, विपिड्व्लू लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लाग्यो भने सिटि होटेलको मूल्यमा ९.९८ प्रतिशत बृद्धि भयो ।

सोमबार सबैभन्दा बढी लक्ष्मी इक्वीटी फण्ड, सामुदायिक लघुवित्त, पाँचथर पावर लिमिटेडलगायतका कम्पनीको मूल्यमा गिरावट आयो ।

लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा बजार घटेको देखिन्छ ।

सोमबार यसअघि उच्च अंकले हिमालयन लाइफ इन्स्योरेन्स र सोल्टी होटेलको कारोबार उच्च रह्यो । हिमालयन लाइफको चार लाख ४३ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २३ करोड बढीको भएको छ ।

वि.सं.२०८० असार १८ सोमवार १५:४८ मा प्रकाशित

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...