back
CTIZAN AD

कोशी प्रदेशको नयाँ मुख्यमन्त्री को ?

वि.सं.२०८० असार १८ सोमवार

945 

shares

काठमाडौं । कोशी प्रदेश सरकारबारे निर्णय लिन सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले कोशी प्रदेशमा नयाँ बन्ने सरकारबारे निर्णय लिनेछ ।

शुक्रबार प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको प्रस्ताव प्रदेशसभाबाट बहुमत नपुगेसँगै अस्वीकृत भएको थियो ।

कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाएसँगै प्रदेश प्रमुखले असार २१ सम्मको समय दिँदै नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । तर, प्रदेशमा नयाँ सरकारबारे दलहरुबीच सहमति नबनेसँगै केन्द्रको सत्ता गठबन्धनका दलहरु केन्द्रबाटै सहमति प्रयास थालेका हुन् ।

बालुवाटारमा जारी बैठकले प्रदेशमा शक्ति बाँडफाँटको विषयमा सहमती खोज्नेछ । अहिले कोशीमा कांग्रेस र माओवादी केन्द्र दुवैले सरकारको नेतृत्वमा दाबी गरेका छन् ।

कांग्रेसले प्रदेश सभापति समेत रहेका उद्धव थापालाई मुख्यमन्त्रीमा अघि सार्ने तयारी गरिरहेको छ भने संसदीय दलका नेता इन्द्र आङ्बोलाई अगाडि सार्ने तयारी गरेको छ ।

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्य चाहिन्छ । हालको सत्ता गठबन्धन एमालेसँग ४० र राप्रपासँग ६ गरी ४६ सदस्य छन् । दुई दललाई सरकार बनाउन थप एक सदस्यको आवश्यकता पर्दछ ।

यता, कांग्रेससँग २९, माओवादी केन्द्रसँग १२ (सभामुखबाहेक), एकीकृत समाजवादीसँग चार र जनता समाजवादीसँग एक गरी सभामुखबाहेक ४६ सांसद छन् । यस्तोमा बहुमत पुर्‍याउन दुवै पक्षलाई सकस छ । यदि दलहरुबीच सहमति नभए प्रदेशसभा मध्यावधीतर्फ नै जाने देखिन्छ ।

वि.सं.२०८० असार १८ सोमवार १७:५७ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...