आज माओवादी केन्द्र नेतृत्वको सरकारले चालेका कतिपय कदमले निकै चर्चा पाइरहेका छन् । सरकारले चालेका कतिपय कदमलाई लिएर जनतामा उत्साहको अवस्था बनेको छ भने कतिपय कदमलाई लिएर आशंका पनि जन्मिएको छ । विशेषतः सरकार अप्ठ्यारोमा पर्दा सरकारले महत्वपूर्णं कदम चाल्ने गरेको घटनाले पनि आशंकाहरु जन्माएको देखिन्छ । माओवादी केन्द्र नेतृत्वको सरकारले चालेका कदम, त्यसको कारण, प्रभावलगायतका विषयमा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार शोभाखर ढकालसँग संसार न्यूज डटकमले केही जिज्ञासा राखेको छ । ढकालसँग गरिएको कुराकानीको सम्पादित अंश :
संसदभित्र केही कमजोर हैसियत भए पनि माओवादी केन्द्रलाई सरकारको नेतृत्व गर्ने अवसर जुट्यो । यो अवसरका बीच माओवादी केन्द्रको नेतृत्वमा भएको कामलाई यहाँले कसरी हेर्नु भएको छ ?
यो प्रश्नलाई अलि फराकिलो ढंगले बुझेको छु । अहिलेको संविधान र त्यसमा उल्लेखित महत्वपूर्ण विषयहरु १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त उपलब्धि हुन् । लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशी तथा समानुपातिक व्यवस्था, संघीयता यो अझै कार्यान्वयनमा पूर्णरूपले जान सकेको छैन । समाजवाद उन्मुख संविधानको विशेषताभित्र सुशासन, पारदर्शिता, समृद्ध देश र स्वाभिमानी नेपालीको चाहनालाई पूरा गर्ने दिशातिर अगाडी बढ्न खोजिरहेको छ । जटिल संसदीय गणितभित्रबाट तुलनात्मकरूपमा सकारात्मक काम गर्न सरकार अगाडि बढेको सकारात्मक सन्देश दिन खोजेको देखेको छु ।
तपाईं पार्टीभन्दा बाहिरको भएर हेर्दा सरकारको काम गराईबाट सन्तुष्ट हुने ठाउँ छ ?
पाटीभित्र वा बाहिरभन्दा पनि जनताको हितको लागि परिवर्तनको पक्षमा निस्वार्थ संघर्ष गरेको मान्छे हुँ र नेपाली राजनीतिमा सक्रिय भएर लागेको हुनाले नागरिकको हिसाबले पनि केही सन्तुष्ट छु ।
सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणदेखि ललिता निवाससम्मका फाइल खोलेको छ, यसले सरकारप्रति केही आशा बढाएको त छ नै सँगै थुपै्र प्रश्न पनि सिर्जना गराएको छ । तपाईंको बुझाईमा यसलाई कसरी हेर्नुहुन्छ ?
विगतदेखि विभिन्न स्वार्थका आधारमा निकै गम्भीर प्रकृतिका काण्डहरु लुकाउँदै आइएको थियो । राजनैतिक पार्टीहरुले आफ्नो विचार, लक्ष्यअनुसार काम नगरी जसरी पनि सत्तामा रहने सोचअनुसार काम गरेको देखियो । पत्रकार तथा अधिकारकर्मीहरु पनि कुनै मिसनमा आधारित भएर चलेको पाइयो । राष्ट्रप्रति कसैले जवाफदेहिता देखाएको पाइएन ।
सत्य तथ्य नबुझ्ने र यस्तो जटिल शासकीय बनोट, विश्वास र अपनत्व नभएको समाजलाई सही दिशामा लैजान कठिन छ । अहिले जसरी सरकारले कदमहरु चालिरहेको छ, यसले समग्र जनतामा आशाको सञ्चार गराएको छ । जनता उत्साहित देखिन्छन् । राजनीति अब शुद्धिकरण हुन्छ भन्ने आशा आम जनतामा पलाएको छ ।
अहिले जसरी सरकारले कदमहरु चालिरहेको छ, यसले समग्र जनतामा आशाको सञ्चार गराएको छ । जनता उत्साहित देखिन्छन् । राजनीति अब शुद्धिकरण हुन्छ भन्ने आशा आम जनतामा पलाएको छ ।
नेपालको राजनीतिलाई नियाल्दा, विगतदेखि नै अप्ठ्यारोमा परेपछि ‘स्टनबाजी’ गर्ने गरेको पाइन्छ । अहिले माओवादी केन्द्रको नेतृत्वको सरकारले गरेको त्यही त हैन भन्ने पनि प्रश्न धेरैको छ । सरकारले चालेको कदम कसरी जनताको पक्षमा हो भन्नु हुन्छ ?
विगतमा जुन खालको अभ्यास गरियो, राजनीतिक नेतृत्वले जस्तो खालको परिपाटीको विकास गरे, त्यसले सरकार चर्चाका निम्ति बहकिएको त होइन भन्ने बनाउँछ तर, प्रचण्ड सरकारले ‘स्टनबाजी’ होइन जनताको पक्षमा काम गरिरहेको छ । विगतदेखि चाङ्ग बनाइएका फोहोरको डंगुरलाई सफा गर्ने प्रयास गर्दैछ । सरकारले चालेका केही कदमले अहिले भ्रष्टहरुको नीद हराम भएको छ । उनीहरु सरकारको कामलाई अपव्याख्या गर्दै भ्रम छरिरहेका छन् ।
भ्रष्ट राजनीतिक पार्टीदेखि कर्मचारी, पत्रकार र विभिन्न आवरणमा रहेका समूह जनताको पक्षमा भएका कामलाई जनविरोधी हो कि भनि चित्रण गर्न खोज्दैछन् । यसलाई हामीले स्पष्ट पार्नुपर्छ । सरकारले चालेका राम्रा कामलाई सही ढंगबाट अगाडि बढाउन हामीले पनि सहयोग गर्नुपर्छ । देशको चिन्ता गर्ने हरेकले पार्टीको घेराभन्दा बाहिर उठेर सरकारको कामलाई सघाउन आवश्यक छ ।
९९.९९ प्रतिशत समर्थन पाएको सरकारको पक्षमा बजेट पारितसम्मको अवस्थामा आउँदा ५३ प्रतिशत मात्रै देखिन्छ । कांग्रेसभित्रै असन्तुष्टि, एकीकृत समाजवादी र जसपाभित्र पनि सरकारलाई लिएर अन्तरविरोध, यो अवस्थामा ललिता निवासको फाइल खोलिनुलाई कसरी बुझ्ने ?
चुनाव गठबन्धन गरेर लडिएको हो । कुनै पनि दलले बहुमत ल्याएको होइन, गठबन्धनले पनि सामान्य बहुमत मात्रै प्राप्त गरेको अवस्था हो । अहिलेको सरकार गठबन्धनको सरकार हो । यहाँ प्रतिपक्ष सशक्त छ । एउटा सामान्य ज्ञान भएको मान्छेले पनि बुझ्ने कुरा के हो भने कुनै यस्ता विषय आइरहन्छन् तातो दुध घाँटीमा पुगेपछि निल्नु न ओकल्नु हुन्छ, दुध ओकल्न नसकेपछि निल्न बाध्य भइन्छ । त्यस्तै हो एउटा परिस्थितिमा बनेको सरकार थियो, दुवै ठूला पार्टी सरकार बनाउने दाउपेचमा थिए, तेस्रो पार्टीको सरकार बनाउनेमा महत्वपूर्ण स्थान हुन्छ । एउटा सरकारमा थियो अर्को सरकार बनाउने तरखरमा थियो, त्यो अहिले त जे हो त्यही छ । कुनै समर्थन जनताबाट घटेको होइन, पार्टीहरु आ–आफ्ना ठाउँमा गएका हुन । यो भ्रम पार्ने, हल्ला मच्चाउने, लेख्ने स्टनवाजी हो, अरु केही होइन ।
चुनाव गठबन्धन गरेर लडिएको हो । कुनै पनि दलले बहुमत ल्याएको होइन, गठबन्धनले पनि सामान्य बहुमत मात्रै प्राप्त गरेको अवस्था हो । अहिलेको सरकार गठबन्धनको सरकार हो । यहाँ प्रतिपक्ष सशक्त छ । एउटा सामान्य ज्ञान भएको मान्छेले पनि बुझ्ने कुरा के हो भने कुनै यस्ता विषय आइरहन्छन् तातो दुध घाँटीमा पुगेपछि निल्नु न ओकल्नु हुन्छ, दुध ओकल्न नसकेपछि निल्न बाध्य भइन्छ । दलहरूका निम्ति अहिलेकाे परिस्थिति त्यस्तै हाे ।
नक्कली भुटानी शरणार्थीको फाइल अपुरै देखिन्छ । चर्चामै आएका, पक्राउ परेकाले दिएको बयानका आधारमा प्रष्टै मुछिएका पनि पक्राउ परेनन् । यसमा सिधा राजनैतिक लेनदेन होइन भन्न मिल्छ ?
पहिला त यो कानुनका आधारमा काम गर्ने कुरा हो प्रमाणहरु जुटाउने निकायले सक्रियपूर्वक आफ्नो भूमिका निर्वाह गरेको छ । अनुसन्धान गर्ने निकाय र आफ्नो प्राप्त समय अविधिमा सकृयताका साथ बिना रोकतोक काम गरेको छ । कानुनअनुसार एउटा समय सकिँदा अर्को फेरि शुरु भएको छ । जस्तोसुकै ठूलो माछा किन नहोस् कारबाहीमा आउनु पर्छ, आउँछ ।
पार्टीगत विषयमा चर्चा गर्दा, अहिले मुख्य नेताहरु सरकारको नेतृत्वमा भइरहँदा पार्टी उपस्थिति शून्य भएको देखिन्छ । एउटा केन्द्रीय नेताको हिसाबले अहिले परिस्थितिप्रति तपाईंको टिप्पणी के छ ?
त्यती ठूलो युद्ध हाँकेको राष्ट्रलाई नै उथलपुथल पार्ने पार्टी नेतृत्वले गरेका यस्ता राम्रा काम पनि आज जनताको बीचमा लैजाने अवस्थामा समस्या देखिएको छ । कमरेड प्रचण्डले एकल संघर्षबाट पार्टीको अस्तित्व र आन्दोलनका उपलब्धीको रक्षा गर्ने अवस्था बनेको छ । नलुकाई भन्दा पार्टी संगठन तहसनहस अवस्थामा छ । अब पार्टीलाई नयाँ ढंगले पुनर्संरचना गरिनुको विकल्प छैन । यसबारे पार्टीभित्र गम्भीर समिक्षा हुन जरुरी छ ।
त्यती ठूलो युद्ध हाँकेको राष्ट्रलाई नै उथलपुथल पार्ने पार्टी नेतृत्वले गरेका यस्ता राम्रा काम पनि आज जनताको बीचमा लैजाने अवस्थामा समस्या देखिएको छ । कमरेड प्रचण्डले एकल संघर्षबाट पार्टीको अस्तित्व र आन्दोलनका उपलब्धीको रक्षा गर्ने अवस्था बनेको छ । नलुकाई भन्दा पार्टी संगठन तहसनहस अवस्थामा छ । अब पार्टीलाई नयाँ ढंगले पुनर्संरचना गरिनुको विकल्प छैन । यसबारे पार्टीभित्र गम्भीर समिक्षा हुन जरुरी छ ।
तपाईंले भनेजस्तै सांगठनिक संरचना व्यवस्थित नहुँदा, पार्टीभित्र निकै अराजकताको अवस्था देखिन्छ । कसैले कसैलाई नटेर्ने अवस्था पनि विद्यमान छ । यसमा संगठनात्मक व्यवस्थापन कसरी गर्न सकिएला ?
हो पार्टीमा बहुकेन्द्र गुट र उपगुट मात्र सक्रिय छन्, नेता बाहेक जनता देखिँदैनन् । अहिलेको पार्टी संरचनाले नेता मात्र पार्टी र पार्टीको स्रोेत साधन कब्जा गर्ने अवस्था बनेको छ । सबै नेतामात्र भएपछि एकले अर्कोलाई हेर्ने कुरै भएन । अब पार्टीको नयाँ संरचना पहिचानसहित हिजोको उपलब्धीको रक्षा गर्न सक्ने प्रचण्डकै नेतृत्व नयाँ योजनासहित पार्टी पूरै नयाँ संरचना बनाउनुपर्छ ।
विप्लवसहित विभिन्न माओवादी घटकहरुबीच एकताको चर्चा पनि छ । के त्यसरी जाँदा पार्टी ठिक ठाउँमा आउला ?
एउटै आन्दोलनको धारबाट आएका माओवादी कर्यकर्ता विभिन्न समूहमा विभाजन हुँदा प्राप्त उपलब्धीहरु पनि गुम्ने हुँदा अहिलेको युगलाई सम्वोधन गर्न सक्ने, नयाँ चुनौतीलाई नयाँ तरिकाबाट सामना गर्न सक्ने, माओवादी आन्दोलनका उपलब्धीलाई नयाँ पुस्तासम्म पुर्याउन सक्ने, नयाँ पहिचानका साथ अगाडी बढ्ने, विचार मिल्ने विभिन्न पार्टीसँग एकता गर्न सकिन्छ । हामी फेरि नयाँ ढंगले पुनर्स्थापित भई सबै विचार मिल्नेहरुसँग एक हुन जरुरी छ । अहिलेको परिस्थिति माओवादी कित्ताबीच एकता भनेर मात्रै भन्ने अवस्था भने छैन ।
अन्त्यमा, पार्टी नेतृत्वप्रति एउटा सल्लाहकारको रूपमा तपाईंको सुझाव के ?
पार्टी नेतृत्व भन्नाले मेरो विचारमा प्रचण्ड नै एकल नेतृत्व हो । अन्य सहयोगी नेतृत्वहरु पनि बिचौलियाका घेरामा पर्नु भएन । इमान्दार भई पार्टीलाई बचाउने कार्यकर्ताहरुलाई नेतृत्वको सम्पर्कबाट बाहिर राख्ने काम गर्नु भएन । यसमा मूल नेतृत्व र सहयोगी नेतृत्वले तुरुन्त समिक्षा गर्दै संरचनामा आमूल परिवर्तन ल्याउनु राम्रो हुन्छ ।
वि.सं.२०८० असार १९ मंगलवार १३:१५ मा प्रकाशित

























