काठमाडौं । काठमाडौं महानगरपालिकाकाले बालुवाटारको ललिता निवासस्थित सार्वजनिक जग्गामा बन्न लागेका भवनहरुमा रोक लगाएको छ ।
बालुवाटार वडा नं ४ मा रहेको ललिता निवास र त्सले चर्चेको जग्गामा भवन निर्माण गर्न स्वीकृति नदिने र उक्त क्षेत्रमा भवन निर्माण गर्न रोक्का समेत गरिएको सूचना महानगरले जारी गरेको छ ।
‘काठमाडौं महानगरपालिका वडा नं ४ बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण गर्न काठमाडौ महानगरपालिकाले अव स्वीकृति नदिने, निर्माण सम्पन्नताको प्रमाणपत्र जारी नगर्ने र उक्त क्षेत्रको कुनै जग्गामा भवन निर्माण कार्य भइरहेको भए सो कार्य रोक्का राख्न सम्बद्ध सबै सरोकारवालाहरुको जानकारीका लागि सूूचना प्रकाशित गरिएको छ ।’ महानगरद्वारा जारी सूचनामा उल्लेखछ ।
महानगरले उक्त सूचनाको उल्लंघन गरी कसैले उल्लेखित क्षेत्र भित्रका जग्गामा भवन संरचना निर्माण गरेमा स्थानीय सरकार सन्चालन ऐन, २०७४ को दफा ३९ बमोजिम त्यस्तो भवन संरचना भत्काइने र भत्काउँदा लागेको खर्चसमेत घरधनीबाट सरकारी बाँकी रकम सरह असुल उपर गर्ने चेतावनी समेत दिएको छ ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको र सरकारी कागजात किर्ते गरेको आरोपमा भाटभटेनी सुपरमार्केटका संचालक मीन बहादुर गुरुङसहित नौ जना पक्राउ परेका छन् ।
वि.सं.२०८० असार १९ मंगलवार १३:३८ मा प्रकाशित






























