काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि सस्तिएको छ । निगमले मूल्य घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले भाडा समायोजन गरेको हो ।
इन्धनको मूल्य घटेसँगै प्राधिकरणले रु. ६१५ रुपैयाँसम्म भाडा घटाएको छ । अब काठमाडौंदेखि धनगढीको भाडा ६१५ रुपैयाँले सस्तिएको छ ।
यस्तै, काठमाडौंदेखि सबैभन्दा छोटो दुरीको सिमरा पुग्दा १२५ रुपैयाँले भाडा सस्तिएको छ ।
आयल निगमले सोमबार रातिदेखि लागु हुने गरी आन्तरिक उडानतर्फ इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ र अन्तराष्ट्रियतर्फ मूल्य प्रतिलिटर १५ रुपैयाँले घटेको थियो ।




वि.सं.२०८० असार १९ मंगलवार १४:२७ मा प्रकाशित






























