back
CTIZAN AD

शीर्ष नेताहरुको बैठक : तत्काल संसदीय समितिका सभापति चयन गर्ने समझदारी

वि.सं.२०८० असार १९ मंगलवार

993 

shares

काठमाडौँ । तीन ठूला दलका शीर्ष नेताहरुले संसदीय समितिको सभापति तत्काल चयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफलमा शीर्ष नेताले समितिका सभापति अविलम्ब चयन गर्ने प्रतिबद्धता जनाएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

उनले भने, “संसदीय समितिको सभापति चयन तत्काल गर्ने नेताहरुले प्रतिबद्धता जनाउनुभएको छ, अब हाम्रो ध्यान (बजेट पारित भएकाले) समिति गठनतिरै केन्द्रित भएको छ ।”

उनले समितिले छिट्टै नेतृत्व पाउनेमा विश्वास व्यक्त गरे । समितिको नेतृत्व नहुँदा ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन भइरहेको छ । ज्येष्ठ सदस्यले नेतृत्व गर्दा विधेयकमाथिको छलफल अगाडि बढ्न सकेको छैन ।

गत वैशाख १५ गते प्रतिनिधिसभा अन्तर्गत १० विषयगत समिति गठन भएका थिए । समिति गठन भएको दुई सातापछि गत जेठ २ गते एकसाथ ती समितिको बैठक सुरु भएका थिए । तर सभापति चयन हुन नसक्दा समितिले विधेयकमाथि छलफल हुन सकेका छैनन् ।

प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्षनेतासँग परामर्श गर्नुभएको हो । सभामुख घिमिरेले सहमतिबाट सभापति नतोकिएका निर्वाचन प्रक्रियाबाट सभापतिको चयन हुने बताए ।

संसदीय समितिलाई कसरी स्तरीय र प्रभावकारी गतिशील बनाउने भन्ने बारेमा नेताहरुसँग सल्लाह मागेको उनको भनाइ छ ।

“लामो समयदेखि संसदीय समितिको नेतृत्व चयन भएको छैन, ज्येष्ठ सांसदबाट समितिको अध्यक्षता गरेर काम भइरहेको छ । समिति सभापति चयन निर्वाचनमार्फत वा सहमतिमा टुङ्ग्याउनुहुन्छ भनि प्रश्न गरेको छु”, उनले भने, “यसमा तपाईंहरुले प्रक्रिया थाल्नुभएन भने मैले कदम चाल्नुपर्ने हुन्छ पनि भनेको छु ।”

संसदीय समितिको भूमिकालाई प्रभावकारी बनाउनका लागि सभामुख घिमिरेले आज प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गरेका हुन् ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख विपक्षी दलका नेता एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ सहभागी थिए ।

वि.सं.२०८० असार १९ मंगलवार १४:३७ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...