back
CTIZAN AD

एनआरएनए अष्ट्रेलियाको आइसीसी सदस्यमा टिका भुर्तेलको उम्मेदवारी

वि.सं.२०८० असार २० बुधवार

1K 

shares

अष्ट्रेलिया । एनआरएनए अष्ट्रेलियाको आइसीसी सदस्यमा टिका भुर्तेलले उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनए अष्ट्रेलियाको सन् २०१३–२०१५ सम्म सदस्य रहेर संस्थामा काम गरिसकेका भुर्तेलले यहि जुलाई २९ मा हुन लागेको संस्थाको अधिबेशनमा आइसीसी सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।

अध्ययनका सिलसिलामा झण्डै डेढदशक अघि अष्ट्रेलिया पुगेका भुर्तेलले हाल अष्ट्रेलियालाई नै कर्मभूमि बनाएर नेपाल र नेपालीका लागि सामाजिक कार्यमा समेत सक्रिय रहँदै आएका छन् ।

‘केही रहरका पाइला, केही जिम्मेवारीका काँध र केही परिस्थितिका उपज भौतिकरुपमा परिवारको स्पर्श र मातृभुमिको न्यानो काख छाडेर देशको माया अनि केही आफ्नै सपनाहरुका पोकाहरुको सुट्केश कसेर अस्ट्रेलिया लाई अध्ययनको गन्तव्यसंगै कर्मभुमी बनाएको पनि डेढ दशक पूरा भएछ,’ उनले भनेका छन्, ‘भौतिक दूरी टाढिदैँ गएपनि तथा समय पुरानो हुँदै गएपनि ऋणको ब्याज बढेजस्तै मातृभूमिको माया र नेपालीपन पनि बढ्दै जाने रहेछ ।’

समय संगैको संघर्ष, आरोह र अवरोहहरु छिचोल्दै सिकेका अनुभव र पाठहरुलाई डेढ दशकको समयमा विभिन्न संघ संस्थाहरुमा सिंचित गर्दै आएको बताएका भुर्तेलले सबैको सहयोग तथा शुभेच्छाको आशा राख्दै एनआरएनएको मूल मर्म धर्म र बिधानलाई अक्षरंस पालना गर्ने प्रतिबद्वता व्यक्त गर्दै आइसीसी सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।

‘मलाई थाहा छ, तपाईंहरुको एनआरएनएप्रति सद्भाव मात्र नभै अनेकन गुनासाहरु पनि छन् । गुनासाहरुको पोकोमा अर्को पोको थप्नुभन्दा आँफै सहभागी भई गुनासाहरु कम गर्ने र सम्पूर्ण बिदेशमा रहेका नेपालीहरुले मन देखि आफ्नै संस्था हो भन्ने बनाउनेमा मेरो सच्चा प्रयत्न रहनेछ,’ उनले उम्मेदवारी घोषणा गर्दै भनेका छन्, ‘संस्थाको बिधानले दिएसम्म र मेरो प्रयत्नले भ्याएसम्म कर्तव्यनिष्ठ भई संस्थाको हितमा काम गर्नेछु ।’

संस्थामा केही कमि कमजोरी भएमा सबै मिलेर छलफलमा सहभागी भई निस्किने साझा निस्कर्षबाटै अघि बढ्दा संस्था र बिदेशमा बस्ने नेपालीहरुको हकहितका लागि एउटा गन्तव्यमा पुग्न सकिने विश्वास भुर्तेलले लिएका छन् ।

‘यस्को लागि मेरो एकल प्रयत्न र बिश्वासले मात्र यो यात्रालाई गन्तव्यमा पुर्याउन संभव छैन । यो यात्रालाई अघि बढाउन हजुरहरुको साथ सहयोग र अमूल्य मतको अपेक्षा राख्दै एनआरएनए आइसीसी पदका लागि उम्मेद्वारी दिएको छु । हजुरहरुको एक–एक अमुल्य मत नै यो यात्राका महत्त्वपूर्ण कदमहरु हुन् ।’ उनले भनेका छन् ।

वि.सं.२०८० असार २० बुधवार १४:४८ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...