काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टहरुलाई तह लगाएरै छाड्ने बताएका छन् । अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ललिता निवास, नक्कली भुटानी जस्तै अन्य फाइल खोल्दै जाने बताए । सरकारको कामबाट भ्रष्टहरु तर्सिएको उनको भनाई छ ।
“भ्रष्टहरूमाथि कारबाही सुरू भएको छ, नक्कली भुटानी शरणार्थी, ललिता निवासलगायतको फाइल खोलिएको छ, यो प्रकिया रोकिन्न, हेर्दै जानुहोला”, उनले भनेका छन्, “अब अन्य फाइलहरू पनि खोलिन्छ र कारबाही गरिन्छ ।”
भ्रष्टहरुमाथि कारबाही थाल्दा आफूमाथि घेरा हाल्ने र भ्रम छर्ने काम गरिएको उनको भनाई छ । “भ्रष्टलाई कारबाही गर्ने अभियान थाल्दा घेरा हाल्ने, सरकारको कदममाथि भ्रम छर्ने षडयन्त्र भइरहेको छ तर चिरिन्छ”, उनले भने ।
प्रचण्डले माओवादीहरुबीच पुनः एकताको अभियान सुरु भएको पनि बताए । उनले २०६४ कै हैसियतमा पार्टीलाई पु¥याउने गरी काम गरिरहेको बताए ।
वि.सं.२०८० असार २० बुधवार १४:४७ मा प्रकाशित






























