back
CTIZAN AD

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

वि.सं.२०८० असार २१ बिहीवार

873 

shares

काठमाडौं । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ्गले कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रदेश प्रमुख खापुङ्ले उनलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेस नेता थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । थापाले नेपाली कांग्रेसका २९ प्रदेशसभा सदस्यसहित माओवादी केन्द्रका १३ जना (सभामुखसहित), नेकपा एकीकृत समाजवादीका चार जना, जनता समाजवादी पार्टीका एक जना गरी ४७ जनाको समर्थन देखाएका छन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सदस्यको समर्थन चाहिन्छ । उनले सभामुखसहित गठबन्धनका सांसदहरुको समर्थनमा दाबी पेश गरेका हुन् ।

प्रदेशसभामा एमालेसँग ४० र राप्रपासँग छ सांसद छन् । दुवैतर्फ बराबर भएको अवस्थामा कांग्रेससहितको गठबन्धनले सभामुखको नाम पनि राखेर बहुमत पुर्‍याएको हो । जसलाई एमाले र राप्रपाले भने विरोध गरेका छन् ।

वि.सं.२०८० असार २१ बिहीवार १७:५० मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...