back
CTIZAN AD

आइएमई पेको नयाँ अफर : मिस्ड कल गर्दा रु. ३०० सम्म क्यासब्याक पाइने

वि.सं.२०८० असार २२ शुक्रवार

651 

shares

काठमाडाैं । ‘आइएमई पे’ ले ग्राहकवर्गलाई आकर्षक क्यासब्याकको अफर ल्याएको छ। असार २२ गते शुक्रबार साँझ ६ बजेसम्म ०१–५९७0७0६ नम्बरमा मिसकल दिने ग्राहकवर्गले रु ३०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

सो नम्बरमा ग्राहकवर्गले एकपटक मिसकल दिनासाथ क्यासब्याकका लागि योग्य हुनेछन् । जति पटक मिसकल गरे पनि प्रत्येक ग्राहकले रु ३०० सम्मको मात्र क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

उक्त प्राप्त क्यासब्याक शुक्रबार साँझ एसएमएसमार्फत ग्राहकवर्गलाई सूचित गराईने कम्पनीले एक विज्ञप्तिमार्फत जनाएको छ । क्यासब्याकको प्रयोग ग्राहकवर्गले असार २३ शनिबार गर्न पाउने छन् ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। “आइएमई पे” आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

वि.सं.२०८० असार २२ शुक्रवार १६:१७ मा प्रकाशित