back
CTIZAN AD

बजाजले ल्यायो नयाँ पल्सर एनएस २०० र एनएस १६० बजारमा

वि.सं.२०८० असार २३ शनिवार

723 

shares

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी (गोल्छा ग्रुप)ले नयाँ पल्सर एनएस २०० र एनएस १६० बजारमा ल्याएको छ ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले यी दुई मोटरसाइकलले अत्याधुनिक राइडिङ अनुभव प्रदान गर्ने दाबी गरे । कम्पनीका अनुसार पल्सर एनएस २०० मा १९९.५ सीसीको लिक्विड कुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी प्रदान गरिएको छ ।
‘अत्याधुनिक बीएसभीआई इन्जिनयुक्त यो मोटरबाइकले ९७५० आरपीएममा २४.५ पीएसको पावर आउटपुट र ८००० आरपीएममा १८.७४ एनएमको टर्कका साथ उत्साहजनक पफर्मेन्स प्रदान गर्दछ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आकर्षक र आक्रामक डिजाइनका साथमा नयाँ फिचर र कार्यक्षमता यसमा रहेको कम्पनीको दाबी छ ।

त्यस्तै पल्सर एनएस १६० मा १६०.३ सीसीको आयल कुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी सहितको बीएसभीआई इन्जिन छ । यसले ९००० आरएमपीमा १७ पीएसको अधिकतम पावर र ७२५० आरएमपीमा १४.६ एनएमको टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ । दुवै पल्सर बाइकमा अगाडि ३०० एमएमको डिस्क ब्रेक र पछाडि २३० एमएमको डिस्क ब्रेक प्रदान गरिएको छ । पल्सर एनएस २०० को मूल्य नेपाली बजारमा ४ लाख २४ हजार ९ सय रुपैयाँ तोकिएको छ भने एनएस १६० को ३ लाख ८४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

वि.सं.२०८० असार २३ शनिवार ०७:२४ मा प्रकाशित

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...