back
CTIZAN AD

वातावरणीय, सामाजिक तथा सुशासन प्रवद्र्धनमा तीन संस्थाबीच सम्झौता

वि.सं.२०८० असार २३ शनिवार

636 

shares

काठमाडौं । वातावरणीय, सामाजिक तथा सुशासन प्रवर्द्धनका विषयसँग सम्बन्धित गतिविधिहरूको सञ्चालनका लागि संयुक्तरूपमा सहकार्य गर्नेगरी सम्झौता भएको छ ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन), डोल्मा कन्सल्टिङ र इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आईआईएन) बीच सम्झौता भएको छ ।

बिहीबार सीबीफीनका अध्यक्ष पवनकुमार गोल्यान, डोल्मा कन्सल्टिङका प्रबन्ध निर्देशक जोसेफ सिल्भानस र आईआईएनका प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

संस्था/कम्पनीले लगानी गर्दा वातावरणीय, सामाजिक र सुशासनको क्षेत्रमा देखिने जोखिमको अध्ययन, मूल्यांकन, सुधार तथा व्यवस्थापन जस्ता साझा हितका कार्यहरूमा संयुक्तरूपमा सहकार्य गर्ने सम्झौताको मुख्य उद्देश्य रहेको छ ।

‘प्राकृतिक स्रोत संरक्षण, हरितगृह ग्यास उत्सर्जन, विषाक्त फोहोरको व्यवस्थापन, जलवायु नीति एवं वातावरणीय नियमहरूको पालना, ऊर्जा प्रयोग, फोहोर, प्रदूषण, सामाजिक रुपान्तरणसहित उत्तरदायित्वहरुको वहन, जातीय, लिंग, र यौन भेदभाव, समावेशीकरण, स्वास्थ्य एवं सुरक्षा, संस्था÷कम्पनीहरूको आन्तरिक सुशासन र सेयरधारकहरूप्रतिको जिम्मेवारी तथा उत्तरदायित्व लगायतका क्षेत्रहरूमा लगानीको प्रभावका विषयमा कार्याशाला गोष्ठी, सेमिनार, अन्तरक्रिया जस्ता अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गरी संस्था÷कम्पनीहरूले लगानी गर्दा ध्यान दिनुपर्ने विषयमा सचेतना अभिवृद्धिसहित वातावरणीय, सामाजिक तथा सुशासनको प्रवर्द्धनमा जोड दिने’, सम्झौतामा उल्लेख छ ।

नेपाल राष्ट्र बैंक, विकास वित्तीय संस्थासहित अन्य सहयोगी एवं साझेदार संस्थाहरूसँग समेत सहकार्य गरी पर्यावरण र सामाजिक जोखिम व्यवस्थापन प्रणाली र विश्वव्यापी उत्कृष्ट अभ्यासहरूसम्बन्धी नीतिगत विषयमा सार्वनिक–निजी बहस तथा पैरवी गरी कार्यान्वयन तथा सुधारका लागि सम्बन्धित निकायहरूमा पहल गरिने समेत सम्झौतामा उल्लेख छ ।

सम्झौता अनुसार सीबीफीनले कुनै आर्थिक व्ययभार नपर्नेगरी बैंक तथा वित्तीय क्षेत्रको सुधार एवं दिगो विकासका लागि सार्वजनिक–निजी संवाद, अध्ययन तथा अनुसन्धानका गतिविधिहरूको सञ्चालन, ग्रीन फाइनान्सिङ, लगानीका क्षेत्रहरुको पहिचान, पुँजी निर्माण तथा लगानी प्रवर्द्धनका विषयमा पैरवी गर्नेछ ।

त्यस्तै, उत्पादनमुलक, रोजगारमुलक र निर्यातमूलक क्षेत्रहरूमा लगानी विस्तार, एसएमइजको प्रवर्द्धन र वित्तीय समस्याहरूको समाधान जस्ता विषयहरुमा बैंक तथा वित्तीय संस्थाहरुसँग सहकार्य गरी बहस पैरवी गर्नेछ ।

यस्ता गतिविधिहरूले अन्ततगोत्वा बैंक तथा वित्तीय संस्थाहरूको व्यवस्थापन तथा सञ्चालनमा महत्वपूर्ण सहयोग पुग्नुका साथै संस्थागत प्रोफाइल बढाउन समेत टेवा दिने अपेक्षा गरिएको छ ।त्यसैगरी, डोल्मा कन्सल्टिङले स्रोत व्यवस्थापन, गतिविधिहरूलाई दिगो बनाउनका लागि क्षमता विकासका गतिविधिहरूको तर्जुमा, सञ्चालन, व्यवस्थापन, अनुगमन तथा मूल्यांकनसहित जानकारीहरूको आदानप्रदान गर्ने कार्य गर्ने बताइएको छ ।

आईआईएनले समग्र गतिविधिहरूको कार्यान्वयनको समग्र पर्यवेक्षण र स्रोत पहिचान गर्ने जानकारी दिएको छ ।

वि.सं.२०८० असार २३ शनिवार ०७:२५ मा प्रकाशित

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...