back
CTIZAN AD

टुक्का कविता

वि.सं.२०८० असार २३ शनिवार

1.5K 

shares

एस वि प्रगति, पाल्पा

१.
डोकोमाथि चढी अग्लो बनेको उसको उचाइ
बल्ल पार्टी र जनताले पछारे धुलो चटाइ ।

२.
सत्कर्म गरेपछि सफलतामा ढिलो चाडो पुगिन्छ
मै हु भन्नेसँग जुधिन्छ मित्रसँग त आफू नुगिन्छ ।

३.
अरुको छातीमा टेकेर उसले अग्लो धुरी बनाएछ
जनताको सेवा गरेको भन्दै उल्टै पो सम्मान पाएछ ।

४.
जहिले म भन्छु शत्रु होस् या मित्र गर्नुपर्छ कुरा हितको
अचम्मको खेल हुदो रहेछ कसरी हुन्छ यहाँ जितको ?

५.
आज सरकार बेखबर छ लागु पदार्थ कहाँबाट आउँछ
देशका युवा बिग्रेको खबरले बल्ल दुर्व्यसन चालपाउँछ ।

 

वि.सं.२०८० असार २३ शनिवार ०७:५८ मा प्रकाशित

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

चन्द्रिका राना, थापा ढुंगा र माटोको नै किन नहोस् एउटा...

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...