लक्ष्मी स्मृति, बिराटनगर
१
छैन कमाई आमालाई हार, सिक्री भएन
बेरोजगारको सरकारलाई फिक्री भएन
एउटा सुखी परिवारमा बाँच्ने रहर थियो
यहाँ सत्य, निष्ठा, ईमान कतै बिक्री भएन ।
२
जहिल्यै हुन्छ ढुलमुले त्यो पारा विस्वास कसरी गर्नु
एकातिर नजर अर्कोतिर ईसारा विस्वास कसरी गर्नु ?
मनसँगको मनको चोखो नाता बुझ्यौ खै तिमीले भन्नेले
माग पूरा नहुदाँ भन्छौ हुतिहारा विश्वास कसरी गर्नु ?
३
मिलाई मिलाई फुराउँछन् कति मिठा बात
दायाँ बायाँ लाग्यो कि त दिन थाल्छन् घात
सर्वश्रेष्ठ प्राणी भन्छन् चेतनाले भरिएको,
तर किन अचेत जस्तो यी मान्छेका जात ।
४
आफूसँगै सारा शिष्य जननी, माटो चिनाउँछन् ।
अन्धकार चिरी हिड्ने असल बाटो चिनाउँछन् ।
सत्य बचन, निःश्वार्थ भाव हरदम हुन्छ सिकाईमा
सच्चा गुरु उनै हुन जो जिउने पाटो सिकाउँछिन् ।
५
झुट फर्माउँदै गमक्क पर्ने ठालुहरुका बिच
खराब सोचमा खुईलिएका तालुहरुका बिच
भन कसरी उँचो शीर पार्नु नेपाली जननीको
परिचय बेचेर खल्ति भर्ने सिपालुहरुका बिच ।
वि.सं.२०८० असार २३ शनिवार ०७:५९ मा प्रकाशित






























