back
CTIZAN AD

भोलिको उन्नत समाज निर्माणमा महिला भूमिकाको खोजी गरौँ

वि.सं.२०८० असार २६ मंगलवार

1.2K 

shares

जतिसुकै उमेर समुहका, जति वटी श्रीमती ल्याउन पाइने छुट र त्यो पुरुषको मृत्यु हुदा सबै श्रीमतीले मरेको लास सगै जीउदै जल्नुपर्ने ३सतीप्रथा जस्तो जघन्य अपराध उन्मुलन भएको आज १०३ वर्ष मात्रै पूरा भएको छ । हाम्रै नेपाली समाजमा चलेको जो प्रथा पुरुषहरुको उच्च सम्मान वा अधिकारको रुपमा र महिलाहरुको सद्गुण वा कर्तव्यक‍ो रुपमा मानिन्थ्यो।

जंग बहादुर को पाला देखि सुधार हुदै आए तापनि वि। सं १९७७ असार २५ गते आज कै दिन यो प्रथा कानुनी रुपमा उन्मुलन भएको थियो । जनमानसमा आएको चेतना र राणा शासन टिकाउने दाउ जे जे भए पनि सतीप्रथा अन्त्यको घोषणा गरेर महिलाहरुको बाँच्न पाउने अधिकार दिलाएको मा चन्द्र शमशेर राणा प्रति ती जिउदै जल्न बाँकि रहेका तमाम महिलाहरुको तर्फ बाट सर्वप्रथम धन्यवाद व्यक्त गर्दछु।

त्यो एकलौटी पुरुषवादी समाज, जुन पुरुषको बिबाहमा बाजागाजाका साथ जन्ती जान्थ्यो र उक्त पुरुषको मृत्युमा ती बेहुलीहरुलाई जिउदै आगोमा डढाउन पनि बाजागाजाका साथ घाट पुग्थ्यो । उसलाई जन्ती होस् वा मलामी खान पाए पुग्थ्यो । ती महिलाहरुको चिच्याहट, ती बालबालिकाहरुको रोदन उसले कहिल्यै महशुस गरेन ।
सामान्ती र दास प्रथा भन्दा पनि बर्बर थियोे त्यो नेपाली समाज,जुन समाजले हाम्रा आमा हजुरआमा हरुलाई जिउदै डढायो, उनिहरुको भोक निन्द्रा, दुखपिडा को त कुरै छाडौ। बर्सेनि बच्चा जन्माउने, हरेक महिना मासिकस्राव हुदा अभाव र कष्ट के के… थियोे के के ….कुटाइ पिटाइ र अपमान त सामान्य कुरा थियोे उनिहरुको लागि …जसका छिटाहरु अझै सम्म हामीले विभिन्न रुपमा भोगिरहेका छौ।

हामी सहजै अनुमान लगाउन सक्छौ कि हाम्रो समयमा आइपुग्दा पनि छोरी पढाउन हुन्न भन्ने प्रचलन व्याप्त थियो र आज पनि हाम्रा छोरीचेलीहरुले कुनै न कुनै रुपमा यसको कुप्रभाव झेलिरहेका छन्। महिला माथि अपराध गर्ने छुट मात्र हैन अधिकार पनि थियोे त्यो पुरुष सत्तालाई ।

विदुषी योगमाया न्यौपानेको संघर्ष तत्कालीन तमाम महिलाहरूको संघर्षको प्रतिनिधित्व थियो। लिच्छविकाल, मल्लकाल, राणा काल सम्म त महिला लाई जिउँदै जलाउन पाउने अधिकार थियो त्यो समाजलाई । पञ्चायतकालमा आइपुग्दा दासी सम्म भएर जसोतसो बाँच्न पाउने अवस्था थियोे भने आज लोकतान्त्रिक गणतन्त्रमा आइपुग्दा आफ्ना हकहितको लागि मात्रै होइन देश र समतामूलक समाजको लागि लड्न सक्ने भएका छन् नेपाली आमा दिदीबहिनीहरु। जो गौरवको कुरा हो ।

कति आमाहरु मारेर बलेसीमा गाडिए, कतिपय आमाहरु लाई आत्महत्या गर्न बाध्य पारियो, हजारौ आमाहरुलाई घर निकाला गरियो, यस कारण कि, ती आमाहरुको जाने ठाउँ कहिकतै थिएन। घरमा बस्नसक्ने अवस्था नै थिएन, माइतीमा इज्जतको बुजो लगाइन्थ्यो र समाजमा ती नै साडे पुरुषको रबैया थियो ।

पिडैपिडाले, डरैडरले, रगतको आँसु पिएर आफ्ना सन्तानको मुख हेरेर बाँचेका हाम्रा आमाहरु जसलाई अझ धर्म र वंशको वकालत गरेर आफ्ना सन्तान बाट पनि अलग गर्न पछि परेन त्यो पृतृसत्ता। तर ती नै छोरिचेलिहरु र आमाहरुको रगत पसिनाले आर्जेको सम्पत्तिमा एकलौटी अधिकार जमाएर सुख भोग विलास गरिरह्यो, आफुलाई धानवान, बलवान्, इज्जतवान र शक्तिवान बनाएर बाचिरह्यो ।

धेरै लामो समय कहाँ भएको छ र ! हिजो अस्तिको कुरा हो । तर हाम्रा आमा हजुरआमाहरुले प्रत्यक्ष भोगेका ति कहालीलाग्दा व्यथाहरु आज एकादेशका कथा बनेका छन्। कतिपयले यो बर्बर इतिहास नै बिर्सि सके भने कतिपय महिला अधिकार बढि भयो भन्दै कुर्लिएको पनि सुन्न पाइन्छ । कुनै एक वा दुई महिला लाई हेरेर आम महिला माथि गरिने प्रक्षेपण या त अल्पज्ञानको उपज हो या त पुरुषवादी चिन्तनले ग्रस्त सोच हो । यो सोच कतिपय महिला र पुरुष दुबैमा देख्न पाइन्छ अझै पनि ।

यी त्यस्ता मान्छेहरु हुन् जसलाई हिजोको त्यो कहालीलाग्दो अवस्था भोग्नु त परेन नै इतिहास हेर्ने फुर्सद पनि छैन र आज पनि बिना संघर्ष हातहातमा अधिकार पाएका छन्। तर एउटा सामान्य मानव भएर आत्मसम्मानका साथ बाँच्न चाहने महिलाको लागि ती दुखदायी कथाहरु र गौरवमय इतिहास जीवन जीउने प्रेरणाको श्रोत मात्रै होइन बिद्रोहको उर्जा पनि बनेका छन् । जो महिला मुक्ति मात्र हैन यो देश र जनताको मुक्तिको लागि निरन्तर लडिरहेका छन्, उनिहरुले कहिल्यै भुल्ने छैनन्, ती महान आमाहरुको रक्तिम इतिहास जसले आफ्ना नाबालक बच्चा च्यारेर कहिले नालापानिको किल्लामा युद्ध लडे त कहिले बन्दुक बोकेर आफ्नै वर्गशत्रुसग लडे र आज निरन्तर आफ्नो पहिचानको लागि लडिरहेका छन्।

समाज बदल्न २/४ जनाको सोच बदलेर मात्रै सम्भव त हुन्न तर थालनी अवस्य हुन्छ। अघिल्लो समाजको छिटा थेग्न र पछिल्लो परिस्कृत समाजको भ्रुणलाई देख्न सक्ने मान्छेहरु नै औंषत मान्छे भन्दा माथि हुन्छन् र परिवर्तनका सम्बाहक पनि । जसले भोलिको नयाँ इतिहास रच्ने सामर्थ्य राख्ने छन् । आज नेपाली समाज दलाल पुजीवादको चपेटाबाट गुज्रदै समाजवादको यात्रामा संक्रमित हुँदै जाने अवस्थामा रहेको छ । यसको सहि पहिचान गरेर अघि बढ्न सक्ने सक्षम र दृढ नेतृत्व तथा सुझबुझ सहितका सचेत जनताको खाँचो छ, जसले पुर्वजहरुको इतिहासबाट पाठ सिकेर भोलिको नौलो इतिहास रच्न सकोस् ।

हिजो उत्पिडनको रुप एउटा थियो भने आज यसले रुप फेरेको छ। हिजो बाँच्नको लागि मात्रै संघर्ष थियो भने आज बाँच्नुको साथै, पहिचान र आत्मसम्मानको लागि मात्रै नभएर देशको आर्थिकसामाजिक रुपान्तरणको लागि पनि महिला कहिले घर, कहिले आफ्नै क्षमता वृद्धि, कहिले जागिर त कहिले सामाजिक संघसंस्थामा भागदौड गरिरहेका छन् । लडाइँको मोर्चा अझ फराकिलो र पेचिलो बन्दै गएको छ।

तसर्थ , हामी कुन समाजका उपज हौ ? हामी कस्तो समाज बाट गुज्ररहेका छौ ? आज हामी कुन अवस्था छौ र भोलिको उन्नत समाज निर्माणमा अबको हाम्रो बाटो के हो ? यसबारे तमाम नेपाली आमा, दिदीबहिनीहरुले बुझ्न जरुरी छ ।
साथै आम जनमानसमा पनि यो जानकारी हुन जरुरी छ कि महिला क्षमता नभएर हैन उनका अधिकार खोसेर, अवसरहरुमा बन्देज लगाएर पछि पारिएका हुन्।

प्रस्तुत लेख २ वटा घर २ वटा थर भएर पनि घर न थर भएका ती तमाम आमाहरु प्रति समर्पित छ ।

वि.सं.२०८० असार २६ मंगलवार ०९:५६ मा प्रकाशित

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

न्यौपानेका अनुसार हेटौंडा कपडा उद्योगसँगै विगतमा बन्द भएका अन्य सरकारी...

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

काठमाडौँ । नेपाली फुटबलमा विगत १२ वर्षदेखि सक्रिय रहेका आइभरी...

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...