काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी तथा माओवादी केन्द्रकी सल्लाहकार सीता दाहालको निधन भएपछि आज दिउँसो १ बजे बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित गरिएको हो ।
बैठक कहिले बस्ने भन्ने विज्ञप्तिमार्फत् जानकारी दिइने जनाइएको छ ।
दाहालको निधनप्रति दुःख व्यक्त गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरु प्रचण्डलाई समवेदना दिन नर्भिक अस्पतालमा पुगेका छन् ।
वि.सं.२०८० असार २७ बुधवार ११:२५ मा प्रकाशित






























