back
CTIZAN AD

माण्डु हाइड्रोपावरको आईपिओ बिक्री खुला

वि.सं.२०८० असार २८ बिहीवार

846 

shares

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आज असार २८ गतेदेखि पहिलो चरणको आईपिओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित ललितपुर र मकवानपुर जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपिओ निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिम्यम थपेर प्रति कित्ता २०६ रुपैयाँमा शेयर निष्काशन गरेको हो ।

कम्पनीले २ लाख ७२ हजार ७ सय ३० कित्ता शेयर आयोजना प्रभावित ललितपुर र मकवानपुर जिल्लाका आयोजना प्रभावितलाई निष्काशन गरेको छ । यस निष्काशनमा ललितपुरको बागमती गाउँपालिकाको वडा नम्बर १ र २, मकवानपुर जिल्लाको भीमफेदी गाउपालिकाको वडा नम्बर ५,६, ७, र ८, तथा इन्द्र सरोबर गाउपालिकाको वडा नम्बर ३ का स्थानीयले आवेदन दिन सक्ने छन् । त्यस्तै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई १ लाख ३६ हजार ३ सय ६४ कित्ता शेयर निष्काशन हुने छ ।

आईपिओका लागि आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । स्थानीयले छिटोमा साउन ११ गतेसम्म र ढिलोमा साउन २६ गतेसम्म आवेदन दिन सक्ने छन् । श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले भने साउन ११ गतेसम्म मात्र आवेदन दिन सकने छन् ।

प्रभु क्यापिटल शेयर निष्काशनको बिक्रि प्रबन्धक रहेको छ । स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँड गरेपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

कम्पनीले मकवानपुर जिल्लाको कोगटे स्थित इपामा २२ मेगावाट क्षमताको बागमती नदी जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । सो आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन शुरु गरिसकेको छ ।

 

वि.सं.२०८० असार २८ बिहीवार १०:५५ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...