back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०८० असार ३० शनिवार

1.6K 

shares

तेजेन्द्र सापकोटा,गैडाकोट,नवलपुर


बाटो लागेको बटुवा, सम्बन्ध कति रहला र ।
बगरको प्यास मेट्न, नदी कति बहला र ।
घोच्नु, थिच्नु र कुच्नुको पीडा त सहेकै थिएं नि,
मुटुको चोट, हाड र छालाले कति सहला र ।।


मुटु बन्द हुंदै थियो, तिमीले चलाई दियौ ।
जगाएर फेरि बांच्ने, रहर पलाई दियौ ।
अन्तिमको आरती झै, बल्दै थिएं म त,
तेल थप्यौ, जिन्दगीको दियो जलाई दियौ ।।


मैले लेख्ने कलमको तिमी, मसि बनेर आयौ।
अक्षरका पहाडहरुमा तिमी,शशि बनेर आयौ।
हमेसा मेरो मुटुको हरेक धड्कनहरुमा खेल्दै,
भाव संग लठ्ठिएर तिमी, बेहोसी बनेर आयौ ।।


तारा जस्तै आकाशमा, उदाएर हेर ।
बतासले झै बादलुलाई, कुदाएर हेर ।
माथिबाट झर्ने तिमी, खडेरीको बर्षा,
फुलबारीको पुतली म, रुझाएर हेर ।।


सलाइको कांटी न हो, घर्से पछि सकिदो रहेछ ।
बादलको जिन्दगी न हो, बर्षे पछि सकिदो रहेछ ।
खोई कसरी भनुं, मेरो आफ्नै आयु कति छ भनेर ?
बलीको बोकाको जिन्दगी,पर्छे पछि सकिदो रहेछ ।।

वि.सं.२०८० असार ३० शनिवार ०८:४२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...