back
CTIZAN AD

लघुकथा : जन्ती

वि.सं.२०८० असार ३० शनिवार

762 

shares

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं

‘छोराको बिहे छ, तपाईं त जसरी पनि जन्ती जानैपर्छ है !’ छिमेकी सुन्दरले यसरी नै पटकपटक गरेको आग्रहलाई टार्न नसकेर जन्ती जान तयार भईयो । पूर्वतर्फ निकै टाढाको यात्रा थियोे । त्यसैले दुईवटा बस र एउटा कारमा गरी दुलाहा सहित करिव पचपन्न जना जति हामी बिहान सबेरै निस्कियौं ।

जन्तीमा दुईचारजना छिमेकी बाहेक अधिकांश दुलाहाका आफन्त र नातेदार नै थिए । हामी अघि बढ्दै गयौं । बिहान आठबजेतिर एउटा होटेलमा चियानास्ता गराउन बस रोकियो । ‘नास्ता अर्डर गर्नुप¥यो, तपाईंहरु चियासंगै के–के खाने’ सुन्दरले जन्तीलाई सोधे । एक त जन्ती त्यसमा पनि आफन्त नातेदार के चाहियो ! बसबाट ओर्लेर होटेलमा भएको सामानहरु माग्दै ईच्छा भोजन गर्न थाले । कसैले त चिया लगत्तै कोकफेन्टा समेत पिउन भ्याए भने कतिले दिउसोको लागि जोगाड समेत गरे । म जिल्ल परेर लखनौं लुट हेरिरहें । सुन्दरले असहज मान्दै रकम तिरे ।

‘अब त खाना खाने बेला भयो है, राम्रो होटेल हेरेर बस रोकौंझ नास्ता गरेको दुईघण्टा नै नबित्दै दुलाहाको फुपाजु कराए । केही पर बस रोकियो । यहाँ पनि जन्तीको चाला फेरिएन । माछामासु लगायत जे–जे पाईन्छ लिएर खान थाले । सुन्दर होटेलमा हिसाब गर्दै थिए, उनको सालो आएर ‘ज्यादै गर्मी छ भिनाजु, दिउसो सबैलाई प्यास लाग्न सक्छ’ भन्दै फ्रुटी र पानी पाँचपाँच दर्जन बसमा हाल्न लगायो । यसै मौकामा उसले ‘बिजुली पानी’ का केही बोतल पनि हाल्न भ्याएछ । सुन्दरले रुञ्चे हाँसो हाँस्दै रकम तिरे ।

यस्तै प्रकारले दिउसो खाजा खाने काम भयो । त्यसपछि पनि बाटोमा पटकपटक चियापान र साँझमा राम्रै नास्तापानी भयो । बेहुलीको घर आउन अब करिव दुईतीनघण्टाको बाटो बाँकी थियो । ‘भोक लाग्यो, भात खाने’ भन्दै सुन्दरको भतिजो करायो । धेरैले हो मा हो मिलाए । संगै सिटमा बसेको मैले सुन्दरको मुख हेरें । उनले लामो सुस्केरा हाल्दै मेरो कानमा साउती गर्दै भने ‘हेर्नुस् त, आफन्त र नातेदारका चाला ! कसरी ब्यवहार गर्दैछ होला भनेर सक्दो सहयोग गर्नु त परै जाओस्, कहिल्यै खान नपाएजस्तो गरी खानै मात्र परेको छ यिनलाई ! के गर्नु, नातागोता चिढाउन भएन ! आफ्नाको पहिचान यस्तै बेलामा हुने रहेछ !’

वि.सं.२०८० असार ३० शनिवार ०८:४१ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...