सुस्मिता नेपाल,सुनसरी
१
भाषाका ती दियो हुन्
बलेका छन् भानुभक्त जनजनका मनमा
आशाका ती दियो हुन्
२
ती महान पुत्र हुन्
नेपाल र नेपालीको भलो चिताउने
भाषाका ती शुत्र हुन
३
जन्मिएका थिए रे भानु
साहित्यमा उज्ज्वल ती नक्षत्र झैं बनेर
अन्मिएका थिए रे भानु
४
रामायण लेखेका उनले
प्रश्नोत्तर बधुशिक्षा जस्ता नैतिक ग्रन्थ
भोलिलाई देखेका उनले
५
नाम राख्न सुझायो घाँसीले
जस्ले दिए नि अर्ती लिने हाम्रा भानुलाई
चुरो कुरो बुझायो घाँसीले
वि.सं.२०८० असार ३० शनिवार ११:५८ मा प्रकाशित






























