back
CTIZAN AD

दोहोरो अंकले बढ्यो नेप्से, निर्जीवन बिमा क्षेत्रका लगानीकर्ता मालामाल

वि.सं.२०८० असार ३१ आइतवार

930 

shares

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को अन्तिम दिन नेप्से परिसूचकमा दोहोरो अंकले बृद्धि भएको छ । आइतबार नेप्से परिसूचक १२.१६ अंकले बढ्दै २०९७.०९ को बिन्दुमा उक्लिएको छ ।

यसअघि अघिल्लो साता नेप्से घटेर बन्द भएको थियो ।

आइतबार नेप्से बढेपनि कारोबार रकम भने यसअघिको तुलनामा निकै घटेको छ । लगातार तीन अर्ब नजिक भइरहेको कारोबार आइतबार घटेर साढे दुई अर्ब मुनि पुगेको छ । आइतबार ७१ लाख ८१ हजार २५४ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ३७ करोड ६४ लाख २७ हजार ५७३ रुपैयाँको कारोबार भयो ।

आइतबार नेप्सेका अधिकांश समूहमा हरियाली छायो । निर्जीबन बीमा समूहमा सबैभन्दा बढी १०७.३० अंकले बृद्धि भयो भने आइतबार जलविद्युत समूहमा सबैभन्दा बढी १७.४३ अंकले ओरालो लाग्यो ।

आइतबार सिबम् सिमेन्ट, हिमालयन लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जीलगायतका कम्पनीको कारोबार उच्च रहेको थियो । सनराईज फोकस इक्यूटी फण्डको मूल्यमा १० प्रतिशतले बृद्धि हुँदा एनआइबिएल ग्रोथ फण्ड, सानिमा ग्रोथ फण्डलगायतको मूल्यमा उच्च बृद्धि रह्यो ।

वि.सं.२०८० असार ३१ आइतवार १५:२१ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...