back
CTIZAN AD

महिला फुटबललाई युनिलिभरको सहयाेग

वि.सं.२०८० साउन ३ बुधवार

759 

shares

काठमाडाैं । प्रतिष्ठित कम्पनी युनिलिभर नेपालले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग साझेदारी गर्ने भएको छ ।

उक्त कम्पनीले राष्ट्रिय महिला फुटबल टिमको आधिकारिक प्रायोजक भएको घोषणा गरेको हो । युनिलिभर नेपालले नेपालभर महिला फुटबलको विकासलाई बढावा दिँदै महिला सशक्तीकरण र लैङ्गिक समानताको आफ्नो प्रतिबद्धतामा जोड दिएको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा राष्ट्रिय महिला फुटबल टोलीले पछिल्लो पुस्ताका महिला खेलाडीहरुमा बेग्लै छाप छोड्न सक्ने कुरालाई आत्मसात गर्दै युनिलिभर नेपालले खेलकुदमा महिलाको विकास र सशक्तिकरण र भविष्यमा पनि खेलकुदको क्षेत्रमा दिगो र सम्भावनाहरुको आधार तयार गर्न उल्लेखनीय योगदान पुर्‍याउन खोजेको उल्लेख छ ।

युनिलिभर नेपालले सबै पक्षमा महिला फुटबल टोलीलाई सहयोग र प्रवर्द्धन गर्न नजिकबाट काम गर्ने जनाएको छ । साथै आगामी पुस्ताका महिला खेलाडीलाई प्रोत्साहित गर्दै भविष्यमा अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई अग्र स्थानमा पुर्‍याउने लक्ष्य लिएको छ ।

युनिलिभर नेपाल, फुटबलमा मात्र नभई त्यसभन्दा बाहिर पनि सकारात्मक प्रभाव पार्न प्रतिबद्ध रहेको छ । युनिलिभर नेपालको अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको साझेदारी नै युनिलिभर नेपालको नेपालमा सकारात्मक सामाजिक परिवर्तन र महिला सशक्तिकरणको लागि प्रतिबद्ध हुनुको सकारात्मक पक्ष हो ।

युनिलिभर नेपाल र अखिल नेपाल फुटबल संघ (एन्फा) एकसाथ उभिनुले महिला फुटबल खेलाडीको पछिल्लो पुस्तालाई प्रेरित गर्ने छ ।

वि.सं.२०८० साउन ३ बुधवार १७:५७ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...