back
CTIZAN AD

कांग्रेस बैठक : गगन र विश्वप्रकाशको विरोध, शेखरको प्रसंशा

वि.सं.२०८० साउन ३ बुधवार

1.1K 

shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको भूमिकालाई लिएर प्रश्न उठेको छ । बुधवारको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले महामन्त्रीद्वय थापा र शर्माको भूमिका पार्टीलाई एकत्रित गर्नेभन्दा विभाजित बनाउने खालको भएको भन्दै आलोचना गरेका छन् ।

बैठकमा बोल्दै केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले महामन्त्रीद्वयको भूमिकामाथि प्रश्न उठाउँदै ‘विकल्प खोज्नु नपरोस्’ भनि चेतावनी दिइन् । उनले भनेकी छिन्, “तपाईंहरूले दायरा फराकिलो बनाउनुभएन भने तपाईंहरू अरू कसैको विकल्प खोज्छौं भन्दै हिँड्नुभएको छ, तपाईंहरूको विकल्प पनि हामीले खोज्नुपर्ने अवस्था नआओस् ।”

सभापतिलाई घेराबन्दी गरेर काम गर्न नदिने अवस्था महामन्त्रीद्वयबाट भएको उनको आरोप छ । पार्टी नेतृत्वलाई सफल बनाउन महामन्त्रीद्वयले सकारात्मक भूमिका खेल्नुपर्ने उनको भनाई छ ।

खतिवडाले भनेकी छिन्, “कांग्रेसलाई बलियो बनाउन महामन्त्रीहरूले नबिर्सिनुहोला, सभापति र उपसभापतिसँग तपाईंहरू उभिनुपर्छ, तपाईंहरूको हरेक गतिविधिको हामीले अवलोकन र मूल्यांकन गरिरहेका छौं ।”

अर्का केन्द्रीय सदस्य नैनसिंह महरले पनि महामन्त्रीद्वयले सभापतिलाई अपमान गर्नेगरी चूनौतिपूर्ण रुपमा गतिविधि गरिरहेको आरोप लगाए । नेतृत्वलाई असफल बनाउँदै आफू स्थापित हुनेगरी महामन्त्रीद्वयबाट गतिविधि भएको उनको आरोप छ । इतिहासमै नभएको केन्द्रीय सभापतिलाई बाहिर राखेर जिल्ला सभापतिहरुको भेला गरिएको उनको आरोप छ ।

“सुनेको कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला पार्टी सभापति हुँदा सभापति नराखेर जिल्ला सभापति भेला भएको मैले सुनेको छैन”, उनले भनेका छन्, “केन्द्रीय कार्यालय हामीभन्दा बाहिर होइन । हो भने जानकारी पाउँ ।”

अर्का केन्द्रीय सदस्य राधा घलेले पनि नेतृत्वलाई अप्ठ्यारो पार्ने गरी चलाइएको ‘रुपान्तरण अभियान’को आलोचना गरिन् । उनले निश्चित नेताहरु आफूलाई स्थापित गर्न नेतृत्वविरुद्ध अभियान थालेको बताइन् ।

“धेरै साथीहरू रूपान्तरण अभियानमा लाग्नुभएको छ, गाउँ–गाउँमा पुग्नुभएको छ, रूपान्तरणको पक्षमा हामी पनि छौं, रूपान्तरणको नाममा कांग्रेस बलियो बनाउनभन्दा पनि साथीहरू व्यक्ति–व्यक्ति बलियो बनाउन लाग्नुभएको हो कि भन्ने लागेको छ”, उनले भनेकी छिन्, “कांग्रेसरूपी डुंगा प्वाल पर्दा सबै डुब्छौं ।”

महामन्त्रीद्वयमाथि आलोचना भइरहँदा बैठकभित्र बेग्लै गुटको नेतृत्व शेखर कोइरालाको भने प्रशंसा भएको छ । बैठकमा बोल्दै केन्द्रीय सदस्य रामहरि खतिवडाले कोइरालाको भूमिकामाथि प्रशंसा गरेका हुन् । उनले पार्टीलाई एकढिक्का बनाउन कोइराला लागेको भन्दै बधाई र धन्यवाद व्यक्त गरे ।

“म शेखर कोइरालालाई धन्यवाद दिन चाहन्छु, चुनावपछि उहाँले संयम राजनीति गरेर पार्टीलाई एकढिक्का बनाएर, अझै दह्रो बनाएर लैजान खोज्नुभएको छ”, उनले भनेका छन्, “गुटका कुरा होइन, पार्टी एकढिक्का बनाउँछु भनेर गर्नुभएको पहलप्रति म उहाँलाई बधाई र धन्यवाद दिन चाहन्छु।”

वि.सं.२०८० साउन ३ बुधवार १७:४९ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...