back
CTIZAN AD

माथिल्लो मेलुङ खोलाको आइपिओ आजदेखि बिक्रि खुल्ला

वि.सं.२०८० साउन ४ बिहीवार

852 

shares

काठमाडौं । माथिल्लो मेलुङ खोला जलविद्युत लिमिटेडले आज साउन ४ गतेदेखि पहिलो चरणको आईपिओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित रसुवा र नुवाकोट जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपिओ निष्काशन गरेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा शेयर निष्काशन गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १० लाख कित्ता शेयर निष्काशन गरेको हो । त्यस्तै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई १ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । स्थानीयले छिटोमा साउन १८ गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा भदौ १ गतेसम्म आवेदन दिन सक्ने छन् । श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले भने साउन १८ गतेसम्म मात्र आवेदन दिन सकने छन् । शेयर निष्काशनको सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँड गरेपछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

यो सानिमा समूह अन्तर्गतको कम्पनीको हो । कम्पनीले रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले २०९० साउन १५ बाट ब्यारिक उत्पादन थाल्ने लक्ष्य राखेको छ ।

आयोजनाको कुल लागत २ अर्ब ५० करोड अनुमान गरिएको छ । प्रति मेगावाट लागत भने १७ करोड ४८ लाख अनुमान गरिएको छ । हाल कम्पनीको चुक्ता पुंजी ५० करोड रहेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब पुग्ने छ ।

वि.सं.२०८० साउन ४ बिहीवार ११:१० मा प्रकाशित

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...