back
CTIZAN AD

लघुकथा : मान्छेको मासु

वि.सं.२०८० साउन ६ शनिवार

1.1K 

shares

मित्र ’उराठी’ गौतम
अमरपुर,गुल्मी, हाल–तिलोत्तमा –२, रुपन्देही

‘मान्छे पनि कस्ता कस्ता ? दाहसंस्कार गर्दा पनि नाचगान गर्न थाले । रमाईलो उत्सव मनाए जस्तै ।’ हालसालै समाचारमा आएको कुरालाई नमिठो मान्दै कोट्याए रमाकान्त बाजेले ।

चिया पसल अगाडिको चौतारोमा बिहान जुटेर चियागफ गर्ने दैनिकी चलिरहेको थियो, टोलका बुढापाकाहरुको ।

‘परम्परा, रिति रिवाज मान्छेले नै त बनाएका हुन् । फरक–फरक धर्म, फरक फरक समुदायले आ–आफ्नो अनुकूल बनाए । ती रिति रिवाज अर्को धर्म समुदायलाई पाच्य नहुन सक्छ । हिन्दुको जन्म, बिवाह, मृत्यु संस्कार इस्लाम, क्रिस्चियनसँग मिल्दैन । हिन्दु भित्रै पनि भूगोल, समुदाय अनुसार केही न केही फरक भेटिन्छ ।’, चिया सुरुप्प पार्दै भागिरथले जवाफ दिए ।

‘त्यही त मान्छे मर्दा कसैले बाजागाजा बजाउँदै दाहसंस्कार गर्छन् । कसैले गाड्छन् ,कसैले जलाउँछन् । अझ हिमाली भेगमा त कुन जातिले हो, लासलाई टुक्रा टुक्रा पारेर गिद्धलाई खुवाउँछन् रे । ती पनि त मान्छेले नै बनाएका चलन त हुन् । त्यसैले कुनै धर्म, समुदायको रिति रिवाजलाई अर्को धर्म, समुदायले घृणा गर्ने, होच्याउने गर्नु हुँदैन ।’,भागिरथको भनाइमा सहि थाप्दै गङ्गारामले कुरा थपे ।

चिया पसलमा भाँडा धुने भुण्टेले बुढापाकाका गफ माथि उटुङ्ग्याहा उटुङ्ग्याहा कुरा थप्थ्यो ।

उनीहरुले पनि भुण्टेको उटुङ्ग्याइमा रमाइलो मान्थे र हाँसिदिन्थे । त्यसैले भुण्टे अझै हौसिन्थ्यो ।

‘गाउँका युवाहरु सब विदेशिए । मर्दापर्दा मलामी जुट्न पनि गाह्रो हुन थाल्यो ।’, अब के उट्पटाङ्ग बोल्न थाल्यो भनि सबैको ध्यान भुण्टे तर्फ खिचियो ।

‘मान्छे मर्दा दाजुभाइ, छरछिमेक, इष्टमित्रहरु जुट्ने । अनि मृतकलाई काट्कुट गरि भुटुवा खाने चलन चलाएको भए कति जाति हुन्थ्यो,हैन् त बाजे ?’, भुण्टे प्याच्च बोल्यो ।

 

वि.सं.२०८० साउन ६ शनिवार ०७:४३ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...