back
CTIZAN AD

कविता : दोष कसको ?

वि.सं.२०८० साउन ६ शनिवार

726 

shares

प्रेमलकुमार खनाल,काठमाडौं

उ कुरौटे थियोे
गफाडी थियो
अल्छी थियोे
तर मानिसले उसलाई मानिदिए
त्यसैले उ समूहको प्रमुख बन्यो
तर काम गरेन
दोष कसको ?
संघर्षको राप र ज्वाला
दन्दनी बली रहेको बेला
भगौडा भएर
उ पलायन भई दियो
दोष कसको ?

फेरि अर्काे आन्दोलनको शुरुआत भयो
अनेक बहाना निकालेर आन्दोलनमा आएन
बरु असफल बनाउन तिकडम गर्न थाल्यो
जब आन्दोलन सफल भयो
पाकेको बालीको फसल खान अग्रसर भए झै
फेरि मान, सम्मान पायो
दोष कसको ?
अब फेरि निर्णायक आन्दोलन हुदै छ
तर आन्दोलनलाई अगाडि बढन नदिन
अनेक प्रपंच हुदैछ
तर उसकै पछाडि मानिसको भीड लागेको छ,
दोष कसको ?

 

वि.सं.२०८० साउन ६ शनिवार ०७:४४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...