back
CTIZAN AD

लघुकथा : मन्त्रीको आश्वासन

वि.सं.२०८० साउन ६ शनिवार

1K 

shares

सुरेशकुमार पाण्डे,दाङ

‘मिरा ! हाम्रो छोरा रजनिसले डिप्लोमा सर्टिफिकेट लिएर आयो । अब हाम्रा दुःखका दिन जान्छन् ।’ मन्त्रीजीले सधै भनिरहनुहुन्छ । हजुरको छोराले डिप्लोमा गर्यो भने मलाई भन्नुहोला ।’ अब मन्त्रीलाई भनेर छोरालाई देशभित्र नोकरी लगाउछु !’ मङ्गलले हर्षित हुँदै भने ।

‘खै ! मन्त्रीको आस गर्नु तर भर नपर्नु भन्छन् मानिसहरू !’ मिराले व्यङ्य गर्छे ।

‘झोला नबोके पनि जिन्दगीभरी पार्टीको काम गरेकै छु । दिएको जिम्मा पनि पूरा गरेकै छु । पार्टीभित्र मेरो राम्रै छ पकड । यत्ती काम पनि किन नगर्लान र नेताले !’ –मङ्गलले बडो बिश्वास देखाउछ ।

‘सुन त बुढी ! त्यो टारीको खेत; अँझै पच नभएको भए ऋण उधार गरेर भएपनि फर्काउन सके त हाम्रो परिवारलाई खान पुग्ने धान त्यहीबाट पुग्थ्यो ।’ मङ्गलले थप्यो ।

‘खै समय त अझँै दुई महिनाको छ होला !’ मिराले थपि ।

‘हस्, म अहिले बाबुलाई लिएर मन्त्री कहाँ जान्छु हिँजो आज मन्त्री पनि घरमै हुनुहुन्छ ।’मङ्गलेले भन्यो ।’

मङ्गल र छोरा भएर मन्त्रीको घर पुग्छन् ।

मन्त्री मुर्खलाल बाहिर आउँछ र नजिकैको एउटा कुर्चिमा बस्छ ।

‘यो हजूरको छोरा हो ? मलाई सम्झना छ । मैले भनेको कुरा । मन्त्रीको कुराले मङ्गल मनैमन हर्षित हुन्छ ।

मन्त्रीले फेरि भने–‘देशभित्र रोजगारी छैन । तर, पनि हजूरको लागि हामिले केही त गर्नैपर्छ । पैसा हाम्रो लाग्ने होइन हजुहरुकै हो ।’

‘बाबु भन त कुन मुलुक जान चाहान्छौ ? –मन्त्रीको प्रश्नले बाबु छोरा अक्क मक्क परे ।

 

 

वि.सं.२०८० साउन ६ शनिवार ०७:४६ मा प्रकाशित

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...

झिल्का कविताहरू

झिल्का कविताहरू

विकास क्षेत्री अञ्जान बिजनबारी बजार, भारत १ नेताले कसम खायो...