back
CTIZAN AD

कविता : परम्परा

वि.सं.२०८० साउन ६ शनिवार

1.4K 

shares

बिर्खे अञ्जान, थाहा, मकवानपुर

लक्का जवान उमेरमा
भर्खरै बनाए –नयाँ एउटा गुँड ।

त्यागेर आएको पुरानो घरमा
ममताले पोतेको रातो माटो मात्रै थिएन
त्यहाँ त बाल्यकाल हुर्किएको आमाको स्नेह
सद्भाव र विश्वासको फुलबारी थियो ।

मैले बनाएको गुँडमा
बढो हार्दिकताको साथ निर्माण गरेको
बचेरा कक्ष निकै नै लोभलाग्दो छ ।

अहो ! म त कति मूर्ख
जसरी छोडेथे मैले पुरानो गुँड
सन्तानले छोड्ने छन् –मलाई पनि बिर्सिएर
बचेरा कक्ष ।
हुनेछ उसको छुट्टै क्षितिज
उदाउँनेछ उसको दैलोमा नयाँ जुनकीरी ।

वि.सं.२०८० साउन ६ शनिवार ०७:४७ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...