काठमाडौं । माछापुच्छ्रे बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ । बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक वर्ष प्रदान गर्ने नेशनल बेस्ट प्रेजेन्टेड अनुअय रिपोर्ट(बीपीए)अवार्ड, २०२२ बाट सम्मानित भएको हो ।
बैंकले बैंकिङ्ग क्षेत्र तर्फको ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड प्राप्त गरेको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बैंकले तयार गरेको आर्थिक वर्ष २०२१÷२२ को वार्षिक प्रतिवेदनमा समावेश गरिएका वित्तीय विवरणको प्रस्तुति र स्वीकृति, पारर्दशिता, विषयवस्तु, सुशासन लगायतका कुराहरुलाई मध्यनजर गर्दै उक्त अवार्ड पाएको बैंकले जनाएको छ ।
बैंकले ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
वि.सं.२०८० साउन ८ सोमवार ११:२२ मा प्रकाशित





























